किन नचाहेका मान्छेलाई नेपाल आउनबाट रोक्न तयारी गर्दैछ नेपाल?
३१ डिसेम्बर २०२४, काठमाण्डौ- नेपाल सरकारले अद्यागमन प्रणालीलाई स्तरोन्नति गर्ने तयारी गरेको छ । प्रणालीको स्तरोन्नति भइसकेपछी नेपालको अध्यागमनले कोको व्याक्ति नेपाल आउँदैछ भन्नेबारेको जानकारी पहिल्यै प्राप्त गर्नेछ । अध्यागमन विभागका निर्देशक अनुप न्यौपानेको संयोजकत्वमा गठित एक कार्यदलले हाल यसबारेमा काम गरिरहेको छ ।
प्राधिकरणले लागु गर्ने तयारी गरेको प्रणालीलाई ‘एडभान्स प्यासेन्जर इन्फर्मेशन सिस्टम (एपीस)’ भनिन्छ । हालसम्म नेपालको अध्यागमन विभाग हवाई कम्पनीहरुले उपलब्ध गराउने कागजी बिवरणहरुमा निर्भर रहनुपर्ने अवस्था रहेको छ जसमा यात्रुको नाम र राष्ट्रियताबाहेकका खासै जानकारीहरु उपलब्ध हुँदैनन ।
एपीएस प्रणाली लागु भएपछी नेपालका लागी कुनैपनि यात्रु सम्बन्धित देशबाट नेपाल प्रस्थान गर्नासाथ नेपालको अध्यागमन विभागले नाम, लिङ्ग, राहदानी जारी भएको देश, जन्म मिति, राष्ट्रियता, पासपोर्ट नम्बरलगायतका थप जानकारी अध्यागमनलाई प्राप्त हुनेछ । शंका लागेका मानिसहरु यसरी नेपाल आउने पुर्व जानकारी भएपछी अध्यागमनले थप तयारी गर्न समय पाउनेछ । यसबाट आतंकबाद नियन्त्रण तथा सीमापार हुने अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने तर्क राख्छन नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक बमबहादुर भन्डारी ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस