बिमान दुर्घटनामा १७९ जनाको मृत्यु
२९ डिसेम्बर २०२४
मिलन दाहाल- केहीबेर अगाडी दक्षिण कोरियामा १८१ जना यात्रु तथा चालक दलका सदस्य बोकेको बिमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बिमानको अवशेषबाट जम्मा दुइजनाको मात्र उद्दार गर्न सकिएका कारण सबै मृतशरिरहरु संकलन नभइसकेको भएपनि बिमानमा रहेका बाँकी सबै सदस्यहरुको मृत्यु भएको आशंका गरिएको हो । जेजु एयरको फ्लाइट 7C 2216 बिमान १७५ यात्रु तथा ६ चालकदलका सदस्य बोकेर ल्यान्डिङ हुनै लाग्दा दुर्घटनामा परेको थियो ।दुर्घटना भएको बिमानको अवशेषबाट १२२ जनाको मृत शरिर निकालिसकिएको छ भने बाँकीको खोजी कार्य जारी रहेको छ । बिमान थाइल्यान्डको राजधानी बैंकक बाट साउथ कोरिया फर्किरहेको बुझिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस