साउथ अष्ट्रेलियाको नेपाल फेष्टिवलमा नयाँ प्रयोग, राज्य सरकारबाट दिईयो उच्च महत्व

२३ फेब्रुवरी २०२३, मिलन दाहाल- साउथ अष्ट्रेलियामा ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) ले आगामी १८ मार्चमा नेपाल फेष्टिवलको आयोजना गर्दैछ । हरेक दुइबर्षमा आयोजना गरिने नेपाल फेष्टिवल संघको ‘सिग्नेचर’ प्रोग्राम हो जुन अष्ट्रेलियाका हरेक राज्य र टेरिटरीमा एनआरएनएको राज्य समितिहरुले नेपालमा पर्यटन प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ नेपाली कला संस्कृती, खाना तथा पर्यटन प्रवर्दनका विविध सामाग्रीहरुको प्रदर्शन गर्दै गर्ने गर्दछन । पर्यटन प्रवर्दन गर्ने उद्देश्य राखेर आयोजकहरु खटिरहदा पनि कार्यक्रममा गैर नेपालीको उपस्थिति न्युन देखिदा बिगतका बर्षहरुमा ‘मुख्य उदेश्य हासिल गर्न एनआरएनए सफल भयो त?’ भनेर उठ्ने गरेको प्रश्नहरुहरुले यसपाली आयोजकलाई घचघच्याएको देखिन्छ । ग़ैर नेपालीहरुको संख्या बढाउन आयोजकहरु प्रयत्नसिल भइरहदा साउथ अष्ट्रेलियाको राज्य सरकारले समेत

नेपाली समुदायलाई विशेष महत्व दिएको देखिन्छ । एडिलेडमा रहेका नेपाली संघसस्थाको प्रमुखहरुलाई साउथ अष्ट्रेलियाको संसद भवनमा डाकेकी साउथ अष्ट्रेलियाकि बहुसंस्कृती मन्त्री जोय बेट्टिसनले वुधबार (२२ फेब्रुवरी २०२२) मा नेपालीहरु साउथ अष्ट्रेलियाका धेरै ठाँउमा प्रभावशाली पदहरुमा काम गर्ने अवस्थामा रहेका कारण आफ्ना कार्यस्थलबाट थोरै थोरै मानिसहरु जम्मा गर्न सक्दापनि ठुलो संख्यामा गैर नेपालीहरुको उपस्थिती गराउन सकिने सुझाव दिईन । त्यसो त नेपाली समुदायका दुई अग्रणी महिलाहरु साउथ अष्ट्रेलिया सरकारको महत्वपुर्ण स्थानमा रहेका छन । गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा मेरियन काउन्सिल अन्तरगत पर्ने वरिपरिङ्गा काउन्सिलकि काउन्सलर हुन भने एडिलेड नेपाली विद्यालयको स्थापनार्थ महत्वपुर्ण भूमिका खेलेकी मञ्जु खड्का साउथ अष्ट्रेलियाको बहुसंस्कृति आयोगकि बोर्ड सदस्य हुन ।

कस्तो छ एनआरएनएको तयारी ?

बिगतमा लामो समयदेखी नेपाली समुदायबिच हुने प्रचारका क्रमलाई भङ्ग गर्दै गैर आवासीय नेपाली संघ ‘नेपाल फेष्टिवल’ लाई भब्य बनाउन जुट्यो । निकै ढीलो गरि गत मंगलबार ग्लेन्डोरमा रहेको फ्रेस चुल्हो रेस्टुरेन्टमा ‘नेपाल फेष्टिवल’ बारे गरिएको पत्रकार सम्मेलनमा एनआरएनए साउथ अष्ट्रेलियाकि संयोजक रेनुका लामाले साउथ अष्ट्रेलियाका राज्यप्रमुख (प्रिमियर) पिटर मलिनौस्कसले नेपाल फेष्टिबलको आतिथ्यता स्विकार गरेको जानकारी दिइन । यसैगरि साउथ अष्ट्रेलियाकि मल्टिकल्चरल मन्त्री जोय बेट्टिसन, गएको कार्यकालमा प्रिमियरको सहायक मन्त्रीसमेत रहेकी लिवरलकि उप प्रमुख संसद जिङ लीसमेत नेपाल फेष्टिवलमा उपस्थिति जनाउने जानकारी गराइयो । पत्रकार सम्मेलनका क्रममा कार्यक्रममा नेपालबाट चार ख्यातिप्राप्त कलाकारहरु प्रकाश सपुत, प्रिती आले, टीका प्रसाँई तथा देबेन्द्र बब्लु आउन लागेको जानकारी दिईयो ।नेपालबाट आउने कलाकारका साथमा अष्ट्रेलियामै रहेका विभिन्न बिधाका नेपाली कलाकारहरुको समेत प्रस्तुतीको मजा दर्शकहरुले लिन सक्ने जानकारी दिइयो जसको संयोजन क्षितिज सापकोटाले गरिरहेका छन ।

कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन बिभिन्न १४ उपसमितिहरु गठन गरिएको समेत जानकारी पत्रकार सम्मेलनका क्रममा दिइयो । दिइएको जानकारी अनुसार प्रयोजन समितिमा छेदा लामा, गोकुल ढकाल र हेम श्रेष्ठ, स्थानिय कलाकार व्यवस्थापन समितिमा क्षितिज सापकोटा, सागर श्रेष्ठ, सुपक अधिकारी, गगन गिरि र सजिन प्रधानाङ्ग, स्वयंसेवक परिचालन समितिमा थिर गुरुङ, युवराज पहाडी, सुर्य आचार्य, अशोक केसी, कौशल उप्रेती, अंकुर उपाध्याय, रामचन्द्र भण्डारी र बिकाश, कार्यक्रम व्यवस्थापन समितिमा राजु उपाध्याय, सन्तोषी गौतम, रुद्र उपाध्याय, पुश्कर कोइराला, सन्तोष गौतम, छेदा लामा, सिभ रिमाल, आशोक केसी, कौशल उप्रेती, मनिष खनाल, देवराज कडे्ल, रामचन्द्र भट्टराई, सजिन प्रधानाङ्ग र प्रकाश पनेरू, परेड व्यवस्थापन समितिमा सुरेन रेग्मी, शिव काफ्ले, गणेश पराजुली, थिर गुरुङ, शिव रिमाल, छेदा लामा, रामकृष्ण शर्मा, कौशल उप्रेती, हेम खनाल, देवराज कडेल, रामचन्द्र भट्टराई र अशोक अधिकारी, निमनत्रणा समितिमा दिपक धमला र कपिल पाण्डे, स्टल व्यवस्थापन समितिमा अशोक केसी, देवराज कडेल, रजनेश श्रेष्ठ, आनन्द बखरेल, सीमा गुरुङ, सुवास निरौला, हेम खनाल, युवराज पहाडी, मनिष खनाल र चन्द्र कुबर, नेपाल हाउस व्यवस्थापन समितिमा गणेश पराजुली, पुस्कर कोइराला, शिव रिमाल, रमकृष्ण शर्मा र सीमा गुरुङ, मिडिया वयवस्थापन समितिमा नारायण खड्का बालगोपाल उपाध्याय, मिलन दाहाल र बिकाश पौडेल, मर्केटिङ तथा प्रोमोशन टीममा रामकृष्ण शर्मा, छेदा लामा, कपिल पाण्डे, सन्तोष गौतम र सन्तोष बस्नेत, भिडियोग्राफी समितिमा रीजन केसी, निजम केसी र सजिन प्रधानाङ्ग, र अतिथी व्यवस्थापन समितिमा हेम श्रेष्ठ, प्रतिष्ठा गौतम, दिपक लामा, कपिल पाण्डे र गोबिन्द लामा रहेको जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा बताईएअनुसार १८ मार्च शनिवारका दिन बिहान ९३० बजेदेखी नेपाली बाजागाजा सहितको परेड रन्डलमहलबाट प्रारम्भ भई एल्डर पार्कमा पुगेसँगै कार्यक्रमको शुरुवात हुने छ । नेपाल फेस्टिवलका क्रममा नेपाल हाउसका साथमा नेपाल प्रवर्दनका बिभिन्न सामाग्रीहरुका लागी नेपाल टुरिज्म बोर्डसँग संचार भइरहेको जानकारीसमेत दिइयो । नेपाल हाउस, नेपाली कलाकारहरुका विभिन्न कलात्मक प्रस्तुतीहरु, नेपाली खानाका स्टलहरु, दोस्रो पुस्ताबाट नेपालबारेका जानकारी, प्रर्यटन बोर्डबाट प्राप्त हुने बिभिन्न श्रव्य दृष्य सामाग्रीको प्रस्सुती आधिकारिक नेपाली खानाका रेसिपीहरुको जानकारी गराउने सामाग्रीहरुको प्रदर्शनिको तयारी समेत गरिएको संयोजक लामाले जानकारी दिईन । कार्यक्रमको समापन ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतको धुनमा अतेसबाजी गरिने जानकारी दिईयो । लामाले अतेशबाजीको अन्त्यमा आकाशमा ‘लभ नेपाल’ लेखी गर्ने आफुहरुको उदेश्य रहेपनि उक्त कुराको निर्धानण कार्यक्रमका लागी संकलित हुने रकमले गर्ने लामाले बताईन । नेपाल फेस्टिवलमा एडिलेडमा गरिने अतेशबाजी पहिलो हुनेछ भने साउथ अष्ट्रेलियाको हकमा एनआरएनएको तर्फबाट गरिएको नयाँ प्रयोग समेत हो । नेपाल फेस्टिबलमा गरिने अतेशबाजी अष्ट्रेलियाभरमा संभवत यो नै पहिलो पनि हो ।

प्रायोजन तथा स्टल

नेपाली समुदायका व्यावसायमात्रले कार्यक्रमको ब्यायभार धान्नेगरेकोमा पहिलो पल्ट ‘टरेन्स युनिभरसिटी’ ले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ । ‘टरेन्स युनिभरसिटी’ र बुमरेङ इन्टरनेशनल’ ले संयुक्त रुपमा कार्यक्रमको मुख्य प्रयोजन गर्दैछन । पत्रकार सम्मेलनमा उपस्थित टरेन्स युनिभर्सिटीका कार्यकारी प्रमुख रोमेज मौचाकरले नेपाल र नेपालीलाई नजिकबाट चिनेका कारण नेपालीहरुले गर्नलागेको कार्यक्रममा प्रायोजन गर्न आफु उत्साहित रहेको जानकारी दिए । साथै उनले टरेन्स युनिभरसिटीमा नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको जानकारीसमेत दिए । अर्का मुख्य प्रायोजक बुमरेङ इन्टरनेशनलका कार्यकारी प्रमुख आषिश वाग्लेले टरेन्स युनिभर्सिटीले ‘समुदायप्रतिको आफ्नो दायित्व’ पुरा गर्ने गरेको भन्दै टरेन्स युनिभरसिटीका कार्यकारी प्रमुखको प्रशंसा गर्दै कार्यक्रमको प्रायोजन नेपाली समुदायले गर्नेगरेका राम्रा कामहरुलाई आफुले गर्नेगरेको सहायताको निरन्तरता भन्दै यो निरन्तरता कायम रहने बताए । कार्यक्रमको संचालन गरेका एनआरएनए साउथ अष्ट्रेलियाका सचिब बिनोद बाँनियाले मुख्य आयोजकमध्येका बुमरेङ इन्टरनेशनलका कार्याकारि प्रमुख वाग्लेको व्याक्तित्वबाट आफु निकै प्रभावित रहेको भन्दै प्रायोजक हरुलाई घन्यबाद दिए ।

कार्यक्रममा ४० बटा स्टकको व्यवस्था रहेको स्टल व्यवस्थापन समितिका अशोक केशीले जानकारी गराएभने २ हज़ार पाँच सयदेखी १ हज़ार समम्ममा स्टलहरु उपलब्ध गराइने केसीले जानकारी दिए । स्टलको साइजअनुसार ठुलोको लागी २ हज़ार पाचसय डलर तथा सानोको १ हज़ार पाचसय रहेको जानकारी दिईयो । कार्यक्रम प्रायोजन गर्नेगरुलाई भने १ हज़ार डलरमानै स्टल उपलब्ध गराइने जानकारी समेत पत्रकार सम्मेलनका क्रममा दिईयो ।

Advertisements

Leave a Reply