मिलन दाहाल। दुई हप्तामा तीन दिन बिरामी बिदा लिएका कारण कामबाट निकालिएकी एडिलेडकी एक कामदारले कामबाट “अनुचित रुपमा निकालिएको’ भन्दै फेयर वर्क कमिशनमा हालेको मुद्दामा उनले मुद्दा जितेकि छन र लगभव ३ हजार अष्ट्रेलियन डलर बराबरको क्षतिपुर्ति समेत पाएकी छन । क्लेट क्लिफ्ट नाम गरेकी ती कामदार टोनी’स होलसेल फ्लावर सपमा २ बर्षदेखी कार्यरत थिइन । दुई हप्ताको अन्तरालमा तीन दिन बिरामी विदा लिएपछी उनका रोजगारदाता कम्पनीले ‘कार्यस्थलमा ज्यादा काम नभइको कारण उनी अब उप्रान्त नचाहिने’ भन्ने इमेल देख्दै क्लेटलाई कामबाट हटाएको थियो ।
क्लेटले कामदार कम्पनिसँग स्पष्टिकरण सोधिन र कामदार कम्पनिले ‘फूलको सिजनको अन्त्यमा आइपुगेका कारण पर्याप्त काम नभएको’ स्पष्टिकरण दियो । क्लेटलाई स्पष्टिकरण चित्तबुझ्दो लागेन र उनले ‘बिरामी बिदा लिएका कारण आफूलाई कामबाट निकालिएको’ भन्दै फेयर बर्क कमिसनमा मुद्दा दायर गरिन । उनले फेयर वर्क कमिशनमा पेश गरेको निबेदनमा रोजगार दाता कम्पनिलाई आफुले बिरामी बिदा लिनुपुर्ब जानकारी गराउदाको टेक्स्ट म्यासेज संलग्न गरेकी छन जसमा हरेकपटक बिदा लिनु पुर्ब उनले रोजगारदातालाई जानकारी गराएको देखिन्छ । सथै उनले आफुलाई ‘राम्रो काम गर्ने कामदार’ समेत भएको बताएकी छन । उनले निबेदनमा बिरामी बिदा लिएको पहिलो दुइ पटक आफू बिरामी नै भएको तथा तेस्रोपटक घर भत्किएका कारण आफु मानसिक रुपमा अशक्त भएको जानकारी गराएकी थिइन ।
टोनी फ्लावरले क्लिफ्टसँग गरेको करारमा उनलाई कुनै समयमा पनि हटाउन सक्ने भएको भएपनि उनले बिरामी बिदा लिएका बेला इमेलमार्फत उनलाई हटाइनुले उनको ‘अनुचित निश्कासन’ भएको ठहर गर्दै क्लिफ्टनलाई दुइ हजार आठसय ९० तथा सुपरएनुएसन क्षतिपुर्ती दिलाईएको फेयर बर्क कमिशनका कमिश्नर ह्यामप्टनले बताए ।