ताजा खवरहरु:

साउथ अष्ट्रेलियामा ग्राजुएट प्रोग्राम अन्तर्गत १ हजार ६ सय नर्स तथा मिडवाईफ भर्ती गरिदै

Photo credit: Australian Nursing and Midwifery Journal

मिलन दाहाल । साउथ अष्ट्रेलियामा ग्राजुएट प्रोग्राम अन्तर्गत बार्षिक ६ सय नर्स तथा मिडवाईफ भर्ती गरिदै आएकोमा स्वास्थ क्षेत्रमा कामदार अभाव बढ्दै गएपछी उक्त कोटालाई बढाउदै १ हजार दुइ सय नर्स तथा मिडवाईफ भर्तीगरिने एसए हेल्थले बताएको छ । हरेक बर्ष १२ सय जनालाई भर्ती गरिने भएपनि गहिरो कामदार अभावका कारण सन २०२३ मा भने १६ सय जनालाई यो कार्यक्रमअन्तरगत भर्ती गरिने एस ए हेल्थले बताएको छ । आवेदकहरुलाई छनौटको नतीजा उपलब्ध गराउने समयसीमा नजिकिदै गर्दा साउथ अष्ट्रेलिया सरकार थप गरिएको ६ सय जनालाई आवश्यक क्लिनिकल सहायता प्रदान गर्नका लागी ६२ जना अनुभवि नर्स तथा मिडवाईफहरुको भर्ती प्रक्रियालाई तीब्रता दिएको छ । एसए हेल्थले शुरुमा अगष्टमा नै छनौटको प्राम्भिक नतीजा उपलब्ध गराउने बताएकोमा उक्त समयसीमालाई बढाउदै अक्टोबरको अन्त्यमा मात्र नतिजा सार्वजनिक गर्न शुरु गर्ने जानकारी आबेदकहरुलाई गराएको थियो ।

यसरी भर्ती गरिने ग्राजुएट नर्स तथा मिडवाईफहरुको सहायताका लागी नर्दन एडिलेड लोकल हेल्थ नेटवर्क तथा दुर्गम क्षेत्रहरुमा नयाँ क्लिनिकल एजुकेशन हवहरुसमेत स्थापना गरिने बताईएको छ ।

अष्ट्रेलियामा हरेक बर्ष ‘ट्रान्जिसन टु प्रेफेसनल प्राक्टिस प्रोग्राम’ अन्तर्गत एकबर्ष भित्रमा ग्राजुएट भएका नर्स तथा मिडवाईफहरुलाई पुरा तलबमा आवश्यक तालिम तथा आवश्यकता अनुसारका अन्य क्लिनिकल सहायताहरु उपलब्ध गराउदै दक्षता बढाउन अवशर दिने गर्दछ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading