ताजा खवरहरु:

एनआरएनए साउथ अष्ट्रेलियाको च्यारिटी डिनरमा १२ हजार डलर बढी संकलन, डिनरको रकम हिसाब हुन बाँकी

मिलन दाहाल। गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले पुन्य फाउन्डेशनसँगको सहकार्यमा शुक्रबार गरेको च्यारिटी डिनर कार्यक्रममा १२ हजार अष्ट्रेलियन डलरभन्दा बढी संकलन भएको छ । संस्थाकि संयोजक रेनुका लामाका अनुसार डोनेशनबाट ७ हजार ३ सय ७५, पुराना सामाग्रीहरुको बिक्रिविरतणबाट २ हजार ९ सय ८५ तथा व्यापारी तथा समर्थकहरुबाट २ हजार ५ सय ५० गरि जम्मा १२ हजार ९ सय १० अष्ट्रेलियन डलर संकलन भएको हो । कार्यक्रममा प्रवेश शुल्क ५० डलरबाट खानाको मूल्य घटाइ बचेको डोनेशन हुने रकम र अरु अनलाईन मार्फत भएका डोनेशन रकमहरु समाबेस भएका छैनन । कार्यक्रममा विभिन्न दाताहरुबाट प्राप्त भएका महत्वपुर्ण पुराना सामाग्रीहरुलाई लिलामी गरि बिक्री गरिएको थियो । कार्यक्रममा साउथ अष्ट्रेलियामा लागी नेपाली महाबाणिज्यदुत दीपक धमलाबाट प्राप्त भएको हातले बनाइएको गणेशको मुर्ति, पुन्य फाउन्डेशनका महाचसिब काँशी अधिकारीबाट प्राप्त भएको पुरानो तरिकाको कुर्सी, हरि शर्माबाट प्राप्त भएको नेपाली चुलेसी र तोङ्बा तथा आर्शा भट्टराईले हातले बनाएको पेन्टिङलाई डाक बढाबढ गरि लिलामी गरिदा अष्ट्रेलियन डलर २ हजार ९ सय ८५ डलर संकलन भएको थियो । लिलामी मल्टिडाइनामिकका सुजन अधिकारीले गरेका थिए ।

कार्यक्रममा मल्टिकल्चरलर इन्डियन कम्युनिटीका जोली गार्ग र इक्बाल सिङ्गले ५ सय डलर सहयोग गरेका थिए ।

फ्रेस चुलो रेष्टुरेन्टमा भएको कार्यक्रममा फोटोग्राफर आफन्त बराल रहेका थिए भने आदित्य लाखेले फ्लाइर बनाइ सहयोग गरेका थिए । कार्यक्रममा जेशिका कार्किले नेपाल देशका बारेमा कबितासमेत सुनाएकी थिइन ।

कार्यक्रममा नेपाली समुदायबाट प्राप्त भएको सहयोगले आफु निकै उत्साहित रहेको बताउदै संयोजक लामाले संकलित रकम पुन्य फउन्डेशनका माध्यमबाट नेपालको काभ्रे, धादिङ र सिन्धुपालचोका गरिब, बाबुआमा गुमाएका तथा दृष्टिबिहिन बालबालिका को पठनपाठन तथा सशक्तिकरणका लागी खर्च हुने बताइन । डिनरबाट हुने डोनेशन र अन्य माध्यमबाट भएका डोनेशनसमेत संलग्न गरि संकलन भएको सबै रकम चाडै सार्बजनिक गरिने एनआरएनए साउथ अष्ट्रेलिया सचिब बिनोद बाँनियाले बताए ।

कार्यक्रमलाई सफल बनाउन बिभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई घन्यबाद दिदै एनअरएनए साउथ अष्ट्रेलिया संयोजक लामा तथा सचिब बानियाले दाताहरुको उच्च मुल्यांकन गर्दै ठुला हृदय भएका मानिसहरुले गर्दा नै संसार सबैका लागी राम्रो बनाउन सकिने प्रतिक्रिया दिएका छन ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading