दोस्रो टेवल टेनिस प्रतियोगिता आयोजना गर्दै नेप्लिज इन एडिलेड
मिलन दाहाल l नेप्लिज इन एडिलेडले दोस्रो टेवल टेनिस प्रतियोगिता आयोजना गर्दैछ । संस्थाले १३ अगष्ट २०२२ का दिन बिहान ९ बजेदेखी बेलुकि ८ बजेसम्म ग्लेन्डोरमा रहेको फ्रेस चुलो रेष्टुरेन्टमा प्रतियोगिता आयोजना गर्दैछ । नारी र पुरुषको छुट्टा छुट्टै प्रतियोगिता आयोजना हुने आयोजक संस्थाले बताएको छ । प्रतियोगीतामा सहभागी हुन संस्थाले उपलब्ध गराएको अनलाईन फर्म (फर्म यो लिङ्कमा) भरि रजिष्ट्रेशन शुल्क १५ डलर अष्ट्रेलियन डलर फर्ममा उल्लिखित संस्थाको खातामा जम्मा गर्नुपर्ने छ । प्रतियोगीतामा सहभागी हुन चाहनेले अगष्ट ८ सम्म फर्म भरि रजिष्ट्रेशन शुल्क संस्थाको खातामा जम्मा गरिसक्नुपर्ने आयोजक संस्थाका अध्यक्ष मनोरथ पौडेलले बताएका छन । नेप्लिज इन एडिलेडले पहिलो टेवल टेनिस प्रतियोगिता २०२१ को फेब्रुवरीमा आयोजना गरेकोमा कोभिडका कारण यसबर्ष कार्यक्रम केही पछी सरेको हो । प्रतियोगीताको बिजेता तथा उपबिजेताले सर्टिफिकेट र ट्रफिसहित नगद पुरस्कार पाउने र उक्त रकम पछी तय गरिने अध्यक्ष पौडेलले बताए । प्रतियोगीताका लागी हालसम्म ३० जनाभन्दा बढी युवा युवतीले फर्म भरिसकेको संस्थाले बताएको छ ।
युवाहरुलाई तन्दुरुस्त रहन प्रेरित गर्ने उदेश्यले हरेक बर्ष प्रतियोगीया आयोजना गर्ने गरेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगीताका लागी टेवल टेनिस नै किन छनौट गरियो भन्ने नेपाल अष्ट्रेलिया समाचार को प्रश्नमा क्रिकेट फुटबल जस्ता बाहिर खेलिने खेलहरु नेपालीमाझ लोकप्रिय भएपनि टेवल टेनिसजस्ता खेलहरु प्रतियोगीता आयोजनासम्म गर्ने स्तरमा लोकप्रिय नभएका कारण यस्ता खेललाई नेपाली समुदायमाझ प्रवर्दन गर्न छनौट गरिएको पौडेलले बताए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस