ताजा खवरहरु:

नागरिकता ऐन संशोधनका लागी संसदमा, एनआरएनहरु आशावादी

निकै चर्चामा रहेको  गैर आवासीय नेपालीहरुले नेपालमा मतदानबाहेका सबै नागरिक आघिकारहरु पाउनेगरि दिने भनिएको गैर आवासीय नेपाली नागरिकता प्रति नागरिकता ऐन २०६३ संसोधनका लागी पेश गरिएसँगै गैर आवासीय नेपाली नागरिकहरु आशावादी बनेका छन । नागरिकता ऐन २०६३ ले एनआरएनले भन्दै आएको राजनितिक बाहेकका अधिकार प्रयोग गर्ने गरि नागरिकता दिने प्रवन्ध गरेको छ तर ऐनमा गैरआवासीय नेपालीले नागरिकता लिँदा उसले नेपालको नागरिकता त्यागेको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थामा उल्लेख भएपछी कार्यान्वयनमा कठिनाई भएको थियो । नेपाली नागरिकता ऐेनका अनुसार विदेशी नागरिकता लिएपछी स्वत नेपाली नागरिकता त्यागेको मानिन्छ । साथै कुनैपनि देशले उसको नागरिकता दिदाँ नेपाली नागरिकता त्यागेको प्रमाण दिन नसक्ने भएकाले त्यसको कार्यान्वयनमा कठिनाई रहँदै आएको थियो ।

गैर आवासीय नेपाली संघले सन् २००३ मा यसको स्थापनाकालदेखी नै गैर आवासीय नेपाली नागरिकताका लागी पहल गर्दै आएको थियो । त्यसो त गैर आवासीय नेपाली नागरिकता एनआरएनएको स्थापनाको एक प्रमुख लक्ष पनि हो ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले संशोधन प्रस्ताव सर्वसम्मतिले पारित हुने कुरामा आफू विश्वस्त रहेको बताए । उनले गैर आवासीय नेपालीलाई नागरिकता दिलाउने यस कार्यमा साथ दिने सबैलाई धन्यबाद समेत ज्ञापन गरेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading