पद्मालाई किड्नी फेर्न सहयोग जुटाउदै एडिलेडका नेपाली

सामाजिक क्रियाकलापहरुमा सदैब सक्रिय एडिलेडको नेपाली समुदाय हाल युनिभरसिटी अफ साउथ अष्ट्रेलियामा स्नातक पढिरहेकी पद्मा लामालाई सहयोग जुटाउन व्यस्त छ । चितवनबाट उच्च शिक्षा अध्यायनका लागी साउथ अष्ट्रेलियाको एडिलेड आएकी २९ बर्षीय पद्मा लामाको आठ महिना अधि दुबै मृगौला काम गर्न नसक्ने अवस्थामा पुगेको पत्ता लाग्यो । सानैमा आमा गुमाएकि लामा त्यसबेला देखी नियमित डायलाईसिस गराउदै आएकि छन । डायलाईसिस निकै झन्झटिलो प्रक्रिया हो । किड्नीले गर्ने काम मानबनिर्मित मेसिनले गराउने यो प्रक्रिया हप्तामा तीनपटकसम्म गराउनुपर्छ र एकपटक गराउन करिब पाँच घन्टा लाग्छ । यो छोटो समयका लागी मान्छेलाई अत्यावश्यक कुरा भएपनि किड्नीको बिकल्प होइन । दुबै मृगौला काम नलाग्ने भएपछी दीर्घकालका लागी मृगौला प्रत्यारोपण एकमात्र बिकल्प हो, त्यो पनि आफ्ने नाताभित्रको मानिसबाट प्राप्त मृगौला मात्र शरीरले स्विकार्ने हुन्छ । यो बिकल्प निकै खर्चिलो हुन्छ र इन्सुरेन्सले समेत सबै अवस्थामा खर्च व्योहोर्दैन । अष्ट्रेलियामा मृगौला प्रत्यारोपणका लागी ६० हजार डलरभन्दा बढी गर्च लाग्ने गरेको छ ।

पद्माका बाबु छोरीलाई मृगौला दिन तयार रहेपनि मृगौला प्रत्यारोपणको खर्च जुटाउन उनी असमर्थ छन ।पद्मा विपन्न परिवारबाट भएका कारण आफ्नो परिवारले यत्रो खर्च गर्न नसक्ने भन्दै समुदायसँग सहयोगको याचना गर्छिन । “मलाई बचाउनुहोस । म बाँच्न चाहन्छु र जीवनमा मेरो समुदायका लागी केही गर्न चाहन्छु” पद्मा अस्पतालको शैय्याबाट याचना गर्छिन ।

पद्माको उपचारका लागी हालसम्म करिब ३३ हजार डलर संकलन भइसकेको छ भने उनको उपचारका लागी करिब त्यतिनै रकम संकलन हुनुपर्छ । उनलाई गोफन्डको यो लिङ्क मा गई सहयोग गर्न सकिन्छ ।

 

Leave a Reply