ताजा खवरहरु:

एनआरएनए एसएद्वारा १७ जनालाई मानसिक स्वास्थ्य तालिम, टास्कफोर्स निर्माण गर्दै

एनआरएनए एसए मानसिक स्वास्थ्य व्यवस्थापनमा एक कदम अगाडी

मानसिक स्वास्थ्य समस्या अष्ट्रेलियामा बढ्दो समस्या हो । हरेक दुइजना १८ बर्षदेखी ८५ बर्षसम्मको अष्ट्रेलियमा बसोबास गर्ने व्याक्तिमध्ये एकजनाले आफ्नो जीवनकालमा कमसेकम एकपटक मानसिक स्वास्थ्य समस्याले ग्रस्त हुने सन् २००७ मा नै गरिएको मानसिक स्वास्थ्य सम्बन्धी एक सर्वेक्षणले देखाएको थियो । सन् २०१५ मा अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिकले जारी गरेको विवरणअनुसार मानसिक स्वास्थ्य अष्ट्रेलियामा सबैभन्दा बढ़ी खर्च गराउने रोगहरुमा चौथो रोग रहेको पाईएको थियो भने हाल तेस्रो सबैभन्दा बढि खर्च गराउने रोग रहेको अनुमान गरिन्छ । नेपाली समुदायजस्तो आप्रावासी समुदायमा मानसिक रोगको प्रभाव बढ्दो छ । साउथ अष्ट्रेलियाको नेपाली समुदायमा मानसिक स्वास्थ्यको अवस्था विकराल बनिनसकेको भएतापनि न्यु साउथ वेल्स, भिक्टोरियालगायतका बढी आवाधि रहेका राज्यहरुमा मानसिक स्वास्थ्यका समाचारहरु हामीले सुनिरहेकै हो । आत्महत्या मानसिक स्वास्थ्यको चरम आवस्था हो । अन्य राज्यका नेपाली समुदायमाझ आत्महत्याका समाचारहरु हामीले बारम्बर सुनिरहेका हुन्छौ । साउथ अष्ट्रेलियाका नेपालीहरुमाझ पनि आगामी दिनमा बढ्नसक्ने मानसिक स्वास्थ्यका समस्याहरुलाई बिकराल हुन नदिन गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले अग्रसरता लिएको छ । सोही अग्रसारताको पहिलो पाईलाका रुपमा साउथ अष्ट्रेलियामा ‘मानसिक स्वास्थ्य प्राथमिक उपचार’ (Mental Health First Aid) तालिम आयोजना गरिएको छ ।

ग़ैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले फाउन्डेशन अफ प्राइड र अष्ट्रेलिया नेपाल पब्लिक लिङ्कसँगको सहकार्यमा गत शुक्रवार र शनिवार (१०-११ जुन, २०२२) मा साउथ अस्ट्रेलियामा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम आयोजना गरि १७ जना बिभिन्न संस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षित गरेको थियो । तालिमका लागी  ग्लोवल इन्टरनेशनल कलेजले आफ्नो मिटिङ हल उपलब्ध गरि सहयोग गरेको थियो । तालिमको प्रभावकारितामा भाषाको प्रवावलाई मध्यनजर गर्दै संस्थाले नेपाली भाषाका प्रशिक्षकहरुको प्रबन्ध गरेको थियो । तालिम मानसिक स्वास्थ्य सम्बम्धी संस्थाबाट मान्यताप्राप्त नेपाली प्रशिक्षकहरु सिड्नीका भरत नेपाल र एडिलेडकि प्रतिष्ठा गौतमले संचालन गरेका थिए । तालिम प्रभावकारी भएको र तालिममा आफुहरुले अत्यन्त सुरक्षित महशुस गर्दै तालिमका क्रममा आफ्ना नितान्त व्याक्तिगत मानसिक स्वास्थ्यानुभवहरुसमेत राख्न सकेको तालिमका सहभागीहरुको प्रतिक्रिया रहेको छ ।

ग़ैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाका सचिव बिनोद बानिया एनआरएनएका पदाधिकारीहरुलाई मात्र प्रशिक्षित गर्नुभन्दा साउथ अष्ट्रेलियाका अन्य नेपाली संस्थाका प्रतिनिधीहरुलाई प्रशिक्षण दिदा बढ़ी प्रभावकारी हुने संस्थाले महशुस गरि सबै नेपाली संस्थाका प्रतिनिधीलाई समावेस गरिएको बताउछन । साथै बानियाले आगामी दिनमा प्रशिक्षित प्रतिनिधीहरुलाई समावेस गरि एक मानसिक स्वास्थ टास्कफोर्स निर्माण गरि एडिलेडभर नेपाली समुदायबिच हुने मानसिक स्वास्थ्यका समस्याहरुलाई समुदायस्तरबाट व्यवस्थापन गर्ने संस्थाको योजना रहेको र उक्त योजनामाथी छलफल भइरहेको नेपाल अष्ट्रेलिया समाचारलाई बताए । मेन्टल हेल्थ नर्सका रुपमा रोयल एडिलेड अस्पतालमा कर्यरत नारायण खड्का संस्थाको कदम प्रशंसायोग्य रहेको बताउछन । मानसिक स्वास्थ्य समस्या अष्ट्रेलियाभर गंभिर समस्याका रुपमा बढ्दै गरेको र साउथ अष्ट्रेलियाको नेपाली समुदायमा पनि बढ्दै गरेको, नेपाली समुदायका मानसिक स्वास्थ्यका कारण अस्पताल भर्ना हुने नेपालीहरुको संख्या बढिरहेको आफुले देखिरहेको बताउने खड्का संस्थाको कदम नेपाली समुदायको मानसिक समस्याको समयमै उपचार खोज्न प्रेरित गर्न फलदायी हुने बताउछन ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading