मातातीर्थ औंशीमा सरीता निरौलाको आमा सार्वजनिक

साउथ अष्ट्रेलियाबाट मातातिर्थ औंसीको अवशरमा “आमा” गीत सार्वजनिक भएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र साउथ अष्ट्रेलियाकी प्रशिक्षकसमेत रहेकी सरीता निरौलाको रचना रहेको उक्त गीतमा सँगीत र स्वरसमेत स्वयं निरौलाको रहेको छ । मातातीर्थ औंशीको अवशरमा शनिवार सार्वजनिक भएको म्युजीक भिडियोको छायाकंन प्रदिप खत्रीले गरेका हुन भने निर्देशन नवीन पन्तले गरेका छन ।

म्युजिक भिडियोमा सरीता निरौला, विकाश पोखरेल, इनिशा खड्का र रोहीत अधिकारीको अभिनय रहेको छ ।

सार्वजनिक भएको भिडियोप्रति प्रतिक्रिया दिँदै गायक खड्काले मानिसहरुलाई जन्म दिइ यो सुन्दर संसारको रचना गर्ने आमाहरुको गुन कहिल्यैपनि तिर्न नसकिने बताउतै सम्पुर्ण आमाहरुको सम्मानमा आफुले यो रचना सीर्जना गरेको बताइन । निरौलाको म्युजीक भिडियो यो लिङ्कमा रहेको छ ।  निरौलाले यसअधिपनि ‘मलाईपनि बच्चा बनाउन सीब बाबा’ बोलको धार्मिक गीतमा स्वर दिइसकेकी छन ।

Advertisements

Leave a Reply