साउथ अष्ट्रेलिया संयोजकमा रेनुका लामा बिजयी, सचिबमा बिनोद बानिया

गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको शनिवार सम्पन्न निर्वाचनमा रेनुका लामा बिजयी भएकी छिन । कडा प्रतिस्पर्धामा प्रतिद्वन्दि सन्तोषी गौतमलाई पराजित गर्दै लामा बिजयी भएकी हुन । सन् २०११ देखी रजिस्टर्ड नर्सका रुपमा कार्यरत लामा साउथ अष्ट्रेलियामा लोकप्रिय रहेकि थिइन । सन् २०१७-१९ कार्यकालमा सह-संयोजकको रुपमा काम गरिसकेकी लामा सन् २०१९-२१ कार्यकालमा संयोजकको लागी प्रतिस्पर्धामा भाग लिदा   पराजित भएकी थिइन । आगामी कार्यकालका लागी बिजयी लामा साउथ अष्ट्रेलियाकि जस्टिस अफ पिस समेत रहेकी छन । लामाले साउथ अष्ट्रेलियामा नेपाली कम्युनिटी भवनका लागी मेरियन काउन्सिलमा जग्गा दान गर्ने घोषणा गरेपछी बिशेष चर्चामा आएकी थिइन । 

सह-संयोजक पदमा सञ्जय पुरी तथा सचिवमा बिनोद बानिया निर्वाचित भएका छन । सह-सचिबमा शंकर भट्टराइ तथा कोषाध्यक्षमा बिष्णु प्रसाद चापागाई बिजयी भएका छन । यसैगरि राज्य सदस्यहरुमा विशालमान श्रेष्ठ, मनिष खलान, नृपेष ढकाल, तुङ्गा बानिया, प्रदिप खत्री र पूजेन्द्र चन्द रहेका छन । 

नारी निकुञ्ज संयोजकमा अनिता लम्साल तथा युवा संयोजकमा दिमन राजोपाध्याय बिजयी भएका छन । 

Advertisements

Leave a Reply