दक्षिण अष्ट्रेलियामा चौथो तहको प्रतिबन्ध, के के गर्न पइन्छ?

दक्षिण अष्ट्रेलियामा एकैदिनमा ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछी सोमबार मध्यरातबाट लागु हुनेगरि चौथो तहको प्रतिबन्ध लागु गरिएको छ । चौथो तहको प्रतिबन्ध घरभन्दा बाहिर निस्कन नपाईने भन्दा एक तह तल्लो प्रतिबन्ध हो । आज मध्यरातबाट होटलहरुमा ४ बर्गमिटर क्षेत्रफलमा एकजना तथा कोठा बाहिरमात्र बसेर खान सकिन्छ  । घरमा १० जनाभन्दा बढी भेला हुन पाइन्न, कोरोना भाइरसर संक्रमणको उच्च जोखिम भएको स्थानमा मास्क अनिबार्य लगाउनुपर्छ । कुनैपनि ठुलाखाले कार्यक्रमहरु गर्न पाइदैन, छोएर खेलिने खेलहरुपनि खेल्न पाइदैन । अत्यावश्यकबाहेकका जीमलगायतका सेवाहरु बन्द हुन्छन । 

चौथो तहको प्रतिबन्धमा पनि अत्यावसक सेवाहरु जस्तै फार्मेसी, खाद्यान्न पसल, लन्ड्री, ड्राइ क्लिनर्स, मेकानिक, हुलाक, बैक लगायत भने खुल्ला रहनेछन । 

“हामीसँग स्थितिलाई नियन्त्रणमा लिन एक मात्र अवशर छ ।” प्रतिबन्ध घोषणा गर्दैगर्दा साउथ अष्ट्रेलियाका प्रिमियर स्टेभेन मार्सलले भने । 

दक्षिण अष्ट्रेलियाबासीहरुलाई घरबाट काम गर्ने आदेश नभएपनि गर्न सकिने अवस्थामा घरबाट काम गर्न प्रोत्साहन गरिएको साउथ अष्ट्रेलियाका प्रहरी कमिस्नर ग्रान्ट स्टेभेनले बताए । यसका साथै अत्यावश्यक बाहेकका भ्रमण नगर्न सुझाए । 

स्वास्थ अघिकारीहरुले प्रतिबन्धको पुनर्विचार शुक्रवार गर्नेछन । 

Leave a Reply