इन्दु देबी पन्तलाई प्रवासी नेपाली एकता मञ्चको तीन हजार ५ सय डलर सहयोग

साउथ अष्ट्रेलियामा नेपालबाट आएकी क्यान्सर रोगले ग्रस्त नेपाली अभिभावक इन्दु देबी पन्तलाई प्रवासी नेपाली एकता मञ्चको दक्षिण अष्ट्रेलिया शाखाले तीन हजार ५ सय १० डलर सहयोग गरेको छ । दक्षिण अष्ट्रेलियाका बासिन्दा सुरज पन्तकी ममतामयी आमा इन्दुदेबी पन्त बिगत केही समयदेखी स्तन क्यान्सरले ग्रस्त भइ उपचार गराइरहेकी थिइन । मञ्चले सहयोग रकम आफ्ना सदस्य एवं शुभेच्छुकहरुबाट संकलन गरेको बताएको छ । 

साथै प्रवासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाले सहयोग गर्ने सबै महानुभावलाई धन्यवाद ज्ञापब गरेको छ । मञ्चले सहयोगको आवश्यकता भएका नेपाली अभिभावक एवं विद्यार्थीहरुलाई आफ्ना सदस्य एवं आम सर्वसाधारणबाट सहयोग आव्ह्वान गरि समय समयमा सहयोग गर्ने गरेको छ । 

219709866_1161182224395057_4730147458651197179_n

Advertisements

Leave a Reply