कस्तो छ एनआरएन सदस्यतामा उत्साह? कति पुग्लान त एनआरएन सदस्य?

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागी हुने निर्वाचनमा मतदान गर्ने सदस्यहरुले सदस्यता लिनुपर्ने अन्तिम दिन । मतदानमा भाग लिन चाहने सदस्यहरुले आइतबार (२७ जुन) मध्यरातसम्ममा एकप्रति फोटो, दुइवटा परिचयपत्र र सदस्यता शुल्क (एक कार्यकालको  $२५ वा आजिवन $१५०) तिरि एनआरएनएले उपलब्ध गराएको अनलाईन आवेदन फारममार्फत आवेदन दिन सक्ने छन । अन्तिम दिनसम्म आइपुग्दा १२ हजारबढीले संघको सदस्यता आवेदन दिइसकेको देखिन्छ । कुल आवेदकमध्ये ३ हजार ६६ जनाको सदस्यता आबेदन स्विकृत भइसकेको छ भने ९ हजार बढीको सदस्यता स्विकृत हुन बाँकि छ । सिड्नीमा कोभिड क्लस्टरका कारण भएको लक डाउनले सदस्यसंख्या बढ्ने आंकलन गर्नेहरु पनि छन ।

हालसम्मको प्रमाणित सदस्यहरुको तुलना गर्दा सबैभन्दा बढी सदस्यता लिनेहरुमा न्यु साउथ वेल्स (१,१८३) र सबैभन्दा कम सदस्यता लिनेमा अष्ट्रेलियन क्यापितल टेरिटरी (० ) रहेका छन । साउथ अष्ट्रेलियाबाट हालसम्म ४ सय ५५ जनाले सदस्यता लिइसकेको देखिन्छ । 

गएको कार्यकालमा अष्ट्रेलियाभरबाट ११ हजार ८ सय १३ जनाले एनआरएनएको सदस्यता लिएकोमा यसपाली उक्त संख्या केही बढ्ने देखिन्छ । गत निर्वाचनमा १ हजार सदस्या रहेको साउथ अष्ट्रेलियामा यसपाली हलसम्म ४ सय ५५ जनाको मात्र प्रमाणिकीकरण देखिएकाले साउथ अष्ट्रेलियामा सदस्यसंख्या केही कम हुने अनुमान गरिन्छ । 

Leave a Reply