न्यु जील्याण्डको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपालको कतिऔं स्थानमा?

सन् २०२० को शुर देखी फैलिएको कोरोना संक्रमणले विश्व राजनीति तथा अर्थ तन्त्रमा ठूलो हलचल ल्याइ दिएको छ । अमेरिकाका राष्ट्रपतिदेखी बेलायतको राजपरिवार सबैलाई कोरोनाको संक्रमणले छोएको छ । धनी गरिब सबै देशहरूमा कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या उस्तै छ । कोरोना सङ्क्रमणकालपछीको विश्वको शक्तिको श्रेणीमा शर्वशक्तिमान मानिएको अमेरिकाको स्थान खस्कने आकंलन धेरैले गरिरहेका छन ।

कोरोनाका कारण विभिन्न देशहरूले लागु गरेको निशेधाज्ञाका कारण पासपोर्टको श्रेणीक्रममा समेत ठूलो उथलपुथल आएको छ । हालसालै आर्टनले कुनैपनि देशका नागरिकले बिना भिषा भ्रमण गर्न पाउने देशहरूको संख्याको आधारमा पासपोर्टको श्रेणी मापन गरेका छन, जसअनुसार न्युजिल्यान्डको पासपोर्ट सबैभन्दा शक्तिशाली रहेको छ । न्युजिल्यान्डका नागरिकले बिना भिषा १२९ देशको भ्रमण गर्न पाउछन । यसैगरी दोस्रो श्रेणीमा अष्ट्रेलिया, जर्मनी, लग्जेम्बर्ग, स्विट्जरल्यान्ड, अष्ट्रिया, आयरल्यान्ड, जापान, र साउथ कोरिया रहेका छन । दोस्रो श्रेणीका यी देशका नागरिक बिना भिषा १२८ देशको भ्रमण गर्न सक्छन ।

कोरोना अघि शर्वशक्तिमान मानिने राष्ट्र अमेरिका २१ औं श्रेणीमा छ । अमेरिकी नागरिक बिना भिषा ९२ देशमा मात्र जान सक्छन ।

कुल ७५ मध्ये नेपाल रेंकिङको ६८ औं श्रेणीमा छ नेपालका नागरिक बिना भिषा १० देशको मात्र भ्रमण गर्न सक्छन । नेपालपछि साउथ एसियाका पाकिस्तान ७० औं र अफगानिस्तान अन्तिम अर्थात ७५ औं स्थानमा रहेको छ ।

Advertisements

Leave a Reply