ताजा खवरहरु:

कोरोनाका कारण ७३ नेपालीको मृत्यु, पाँच हजार बढी संक्रमित

विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विश्वभरमा हालसम्म ७३ नेपालीको मृत्यु भएको छ भने पाँच हजाभन्दा बढी नेपाली संक्रमणको सिकार भएका छन । कोरोना भापरसका कारण सबैभन्दा बढी नेपालीको मृत्यु बेलायतमा भएको छ । बेलायतमा कोरोनाका कारण मर्ने नेपालीहरुको संख्या ४९ पुगेको छ । यसैगरि अमेरिकामा १५ नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । यसैगरि युएइमा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाले कोरना संक्रमणका कारण ज्यान गुमाएको गैर आवासीय नेपाली संघको स्वास्थ समितिले बताएको छ । 

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २ लाख ४५ हजारले ज्यान गुमाइसकेएका छन भने ३५ लाख बिरामी छन । कोरोना भाइरसका कारण सबैभन्दा बढी मर्नेहरुमा अमेरिकी रहेका छन । अमेरिकामा मात्र यस भाइरसका कारण कारण ज्यान गुमाउनेको संख्या ६७ हजार ५ सय पुगेको छ । बेलायतमा कोरोना भाइरसका कारण २८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन । 

नेपालमा समेत कोरोना संक्रमितको सख्या ६० पुगेको छ । 

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन्। मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार,  बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading