ताजा खवरहरु:

अष्ट्रेलियासँग भारतको लज्जास्पद पराजय

kricket१२ चैत २०७१, सिड्नी-विश्वकप क्रिकेटको दोस्रो तथा अन्तिम सेमिफाइनलमा भारतविरुद्ध अष्ट्रेलियाले ९५ रनको शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको छ। पहिला ब्याटिङ गर्दै अष्ट्रेलियाले  ३२९ रनको लक्ष्य दिएको थियो। भारत ४६.५ ओभरमा अलआउट हुँदा २३३ रन मात्र बनाउन सक्यो। टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले सिड्नी क्रिकेट मैदामन (एससिजी)मा ५० ओभरमा ७ विकेट गुमाएर ३२८ रन जोड्यो। कप्तान माइकल क्लार्क १० रन बनाएर आउट भएका

थिए।

एजे फिन्च ८१ रन बनाएर आउट भए। डेभिड वार्नर १२ रन बनाएर आउट भए भने एसपिडी स्मिथ १०५ रन बनाए। जीजे म्याक्सवेल २३ रनमै आउट भए।

auvsin

auvsin1

अष्ट्रेलियाका स्टेफन स्मिथ जसले ९३ बलमा १०५ रन बनाए।

अस्ट्रेलियाको घरेलु मैदानमा भइरहेको खेलमा भारतीय समर्थक धेरै उपस्थित रहेको बताइएको छ। एससिजी मैदानमा भारतविरुद्ध सधैं अस्ट्रेलियाको पल्लाभारी रहँदै आएको छ।

३५ वर्षयता एसजिसी मैदानमा भारतले अस्ट्रेलियालाई एकपटक मात्र हराउन सकेको छ। सचिन तेन्दुलकरको शतकको मद्धतमा सन् २००८ मा तीन एकदिवसीय शृंखलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई हराएको थियो।
तर, विश्वकपअघि खेलिएको टेस्ट र एकदिवसीयमा एउटै खेल जित्न नसकेको भारतले विश्वकपमा आश्चर्यजनक प्रदर्शन गरिरहेको छ। सेमिफाइनलसम्म पुग्दा जारी विश्वकपमा भारतले एउटा पनि खेल हारेको छैन। विश्वकपमा भारत र अष्ट्रेलिया १० पटक भिडेका छन् जसमा अस्ट्रेलियाले ७ पटक र भारतले ३ पटक मात्र जित्न सफल भएको छ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading