ताजा खवरहरु:

कोरोना महामारी: कस्तो छ त साउथ अष्ट्रेलियामा नेपाली समुदायको तयारी?

मिलन दाहाल
चीनको वुहानबाट शुरुभइको कोरोनाको सन्त्रास विश्वभर फैलिएको छ । विश्वभर १ लाख ७० हजारभन्दा बढी मानिसको यस भाइरसका कारण मृत्यु भइसकेको छ भने २४ लाख ७५ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ । विश्वका सर्वशक्तिमान मानिएका अमेरिका, बेलायत, फ्रान्सलगायतका देशहरुमा मर्नेहरुको सख्या बढीरहेको छ । अमेरिकामा ४२ हजार, इटालीमा २४ हजार, स्पेनमा २० हजार ५ सय, फ्रान्समा २० हजाे र बेलायतमा हालसम्म १६ हजार ५०० सयभन्दा बढीले यस भाइरसका कारण ज्यान  गुमाइसकेका छन । 

कोरोना भाइरसका कारण ७१ जनाले ज्यान गुमाएको अष्ट्रेलियामा संक्रमितको सात हजार भन्दा कम रहेको भएपनि  सरकारको तयारी व्यापक छ । त्यसो त सरकारकै कडा नियमका कारण संक्रमित बढ्ने क्रम घट्दो र  निको हुने बिरामीहरुको संख्या बढ्दो छ । सोमबार अपह्रान्नसम्म जम्मा संक्रमित ६ हजार ६ सय १९ मध्ये ४ हजार २ सय ५८ जना बिरामी ठिक भइसकेको सरकारी तथ्यांकले देखाउछ । 

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज, ओली एन्ड एसोसिएट्स लगायतका कन्सलटेन्सीले आफ्नो छुट्टै राहत प्याकेज घोषणा गरेका छन भने पछिल्लो समय अष्ट्रेलियाको नेपाली कन्सलटेन्सीहरुको संस्था एकाले समेत ५ लाख डलरको राहतकोषको घोषणा गरेको छ ।

नेपाली समुदायपनि कोरोना संक्रमितको नेपालीहरुको सहयोगका लागी अहोरात्र खटिएको छ । गैर आवासीय नेपाली संघलगायत अन्य नेपाली संघ सस्थाहरु अष्ट्रेलियाभरि नै परिचालित छन । उता साउथ अष्ट्रेलियामा त बृहत नेपाली समुदायकोहरुको परिचालन गर्दै कभिड रिलिफ टास्कफोर्स नै बनाएको छ । 

उक्त टास्कफोर्सले कोरोना संक्रमणका कारण साउथ अष्ट्रेलियामा तत्काल र भविष्यमा आउनसक्ने सबैखाले सम्भावित आर्थिक, सामाजिक, मानसिकलगायत सबै  खाले समस्याहरुलाई सम्बोधन गर्ने उदेश्य राख्दछ । 

टास्क फोर्सको ‘तथ्याकं सकंलन तथा सञ्चार समुह’ले आफुलाई आएको सुचनाको आधारमा समस्यालाई समस्याको प्रकृति हेरी अन्य समितिहरुमा पठाउने व्यवस्था छ । अन्य समितिहरुमा ‘विद्यार्थी सुचना तथा परामर्श’, ‘मानसिक स्वास्थ एवं भलाइ परामर्ष’,  ‘काम खोज्न सहायता गर्ने’, ‘टेलिहेल्थ’, ‘स्रोत व्यवस्थापन’, दीर्घकालिन समस्या समाधान’, ‘स्वयंसेवक परिचालन एवं सेवा प्रवाह समुह’ लगायतका समुहहरु रहेका छन । 

त्यसो त अति समस्यामा रहेका दुइ दर्जनभन्दा बढी नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघले सहयोग गरिसकेको छ । संघले भविष्यमा आउनसक्ने थप समस्याहरुलाई मध्यनजर गर्दै सम्पुर्ण नेपाली संघसस्थाहरुको बृहत सगभागीतामा टास्कफोर्स गठन गरेको हो । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading