ताजा खवरहरु:

क्वारेन्टाइन नियम उल्लङ्घन गरेर छ महिनाको जेल सजाय भोग्दै जोनाथन

अष्ट्रेलियामा क्वारेन्टाइन नियम उल्लङ्घन गर्नेलाई पहिलो पल्ट जेल सजाय गरिएको छ । पर्थमा अनिवार्य १४ दिनको क्वारेन्टाइन नियम उल्लङ्घन गरेकोमा डेभिड नाम गरेका अष्ट्रेलियनलाई छ महिना २ हप्ताको जेल सजाय गरिएको हो । उनी क्वारेन्टाइनबाट निक्लिएर आफ्नी प्रेमिकालाई भेट्न गएका थिए ।

वेष्टर्न अष्ट्रेलियाबाट भिक्टोरिया गइ २७ मार्चमा फर्किएका उनले १४ दिनको क्वारेन्टाइन पुरा गर्न होटलमा राखिएकोमा क्वारेन्टाइनको अवधी पूरा नहुँदै प्रेमीका भेट्न गएका थिए ।

पर्थ म्याजिस्ट्रेट कोर्टले उनलाई बुधवार यस्तो सजाय सुनाएको हो । अष्ट्रेलियामा क्वारेन्टाइन नियम उल्लङ्घन गरेर जेल सजाय भोग्ने जोनाथन डेभिड पहिलो व्यक्ति हुन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading