ताजा खवरहरु:

कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, १ लाख २६ हजार बढीको मृत्यु

चीनको वुहानबाट शुरू भइ विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितहरूको संख्या २० लाख नघेको छ । यस भाइरसबाट हालसम्म एकलाख २७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । भाइरसबाट सबैभन्दा बढी मानिसहरुको मृत्यु अमेरिकामा भएको छ । बुधबार बिहानसम्म कोरोना भाइरसका कारण अमेरिकामा २६ हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने संक्रमितहरूको संख्या ६ लाख नाघेको छ ।

अमेरिका पछी कोरोना संक्रमणको कारण बढी मृत्यु हुने देशहरूमा क्रमश इटाली, स्पेन, जर्मनी र बेलायत रहेका छन । भाइरसका कारण इटालीमा २१ हजार, स्पेनमा १८ हजार, फ्रान्समा १५ हजार र बेलायतमा १२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

नेपालमा समेत कोरोना परीक्षणलाई तीब्र बनाइएपछी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

के हो कोरोना भइरस?
कोरोना भाइरस भनेको भाइरसहरुको ठूलो समुह हो जसको संक्रमण मानिस तथा जनावरमा फैलिन सक्छ । मानिसमा पनि धेरै प्रकारका कोरोनाभाइरस देखा परेका छन जसले मानिसको श्वासप्रश्वास प्रणालीमा संक्रमण भई मानिसको ज्यान जाने गर्छ । कोरोना भाइरसका कारण सामान्य रुघाखोकी देखी मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रम (MERS) का साथै सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम (SARS) सम्म हुने गर्दछ ।

कोरोना भाइरसका लक्षणहरु

  • थकान
  • १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
  • जिउ दुख्नु
  • घाँटी दुख्नु
  • सास फेर्न गाह्रो हुनु
  • पखाला लाग्नु आदि हुन ।
कोरोना भाइरस कसरी फैलन्छ? कोरोना भाइरस कसरी सर्छ भन्ने ठोस कारण पत्ता नलागिसकेको भएपनि यो भाइरस रोग लागेको व्याक्तिसँगको सम्पर्कबाट सर्ने विश्वास गरिन्छ । खास गरि यो रोग लागेको व्याक्तिले खोक्दा वा हाछिउ गर्दा मुखबाट निक्लने र्यालका थोप्लाहरु स्वास्थ व्याक्तिको मुख, नाक, आँखा लगायतका अंगहरुबाट भित्र प्रवेश गर्ने गर्दछ ।

के कोरोना भाइरस हावाबाट सर्छ?

हालसम्मको अध्यायनले माथि बताइएको कारणले मात्र यो रोग सर्ने देखाउछ । अर्थात हावाबाट सरेको प्रमाणित छैन । कुनै अवस्थामा यो भाइरस हावाबाट समेत सर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

रोगको लक्षण नभएका व्याक्तिबाट यो रोग अन्यमा सर्छ कि सर्दैन?

यो रोग लागेको व्याक्तिले खोक्दा वा हाछिउ गर्दा मुखबाट निक्लने र्यालका थोप्लाहरु स्वास्थ व्याक्तिको मुख, नाक, आँखा लगायतका अंगहरुबाट भित्र प्रवेश गर्दा मात्र यो रोग सर्ने हुनाले रोगको लक्षण नदेखिएका ब्याक्तिबाट यो रोग सर्ने सम्भावना एकदमै कम हुने भनिएको भएपनि पछिल्लो समयमा संक्रमणको लक्षण नभएको व्यक्तिबाट समेत संक्रमण सरेको पाइएको छ । कोरोना भाइरस संक्रमणको ठोस उपचार हालसम्म पत्ता लागिसकेको छैन । सामान्यतया यसमा लक्षणका आधारमा स्वास्थकर्मीले उपचार गर्ने गर्छन । हामीले सामान्य स्वास्थ र सरसफाइमा ध्यान दिन सके यो रोगबाट सहजै बच्न सकिने स्वास्थकर्मीहरुको सुझाव छ । रोगको लक्षण देखिएका मानिसको सम्पर्कमा नजाने, हात बारम्बार धोइरहने वा अल्कोहल रबको प्रयोग गर्ने, शंका लागे व्याक्तिलाई छोएको नधोएसम्म हात नाक, मुख वा आँखामा नलैजाने गर्नाले यो रोगबाट बच्न सकिन्छ । आफु वा अरु कसैलाई लाई यो रोग लागेको लक्षण देखिए अष्ट्रेलियामा हेल्थ डिरेक्ट 1800 022 222 वा पब्लिक हेल्थ हटलाईनको फोन नम्बर 1800 004 599 मा सम्पर्क गरि उनीहरुको सुझाव आत्मसात गर्नुपर्ने हुन्छ । साथै नजिकैको अस्पतालमा फोन गरि जानकारी गराइ अस्पताल गइ जाँच गराउन पनि सकिन्छ ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading