पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनीहरुको १३ अप्रिलमा आरडिटी विधीबाट कोरोना संक्रमणको परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनीहरु लण्डनबाट आई पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेको खुलेको छ ।
सँगै बस्दै आएका एकै परिवारका तीनजनामा परीक्षण गर्दा ५८ बर्षिया पुरुष र ८१ बर्षिया महिलामा पीसीआर विधीबाट थप परिक्षण गर्दा समेत पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको हालको परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको बताईएको छ । उक्त अपार्टमेन्टमा बस्ने अन्य सबै व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको समेत नेपालको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।
Advertisements