COVID-19 को संकटमा अष्ट्रेलियामा नेपालीको सहारा बन्दै एनआरएनए

करिब ४ महिना पहिले चीनको एक्लो समस्याजस्तो देखिएको कोरोना भाइरस आज विश्वको १९९ देसहरुमा फैलिईसकेको छ । ईटाली, स्पेन लगायतका देशमा महामारीको रूप दिईसकेको यस भाइरसको संक्रमणले विश्व शक्ति मानिएका अमेरिका, बेलायत लगायतका देशहरुलाई समेत नराम्ररी गाँजिसकेको छ ।

संक्रमण फैलन नदिन सरकारले लिएका नीतिका कारण अष्ट्रेलियामा धेरैको काम गुमेको छ भने अष्ट्रेलियामा आइपुगेपछि दुइ हप्तासम्म ,सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने नियमका कारण नव आप्रवासीहरुको जनजीवन थप प्रभावित बनेको छ । उनीहरूले बाहिर गएर खाद्यान्न लगायतका सामाग्री किन्नसमेत कठिन छ ।

यस्तो कठिन घडीमा कोरोनाको उपचारका अत्यावश्यक सामाग्री किन्न नेपालाई एक करोड सहयोग दिएको एनआरएनएले अष्ट्रेलियामा आई सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्थाका नव आगन्तुक नेपालीहरूलाई एक महिनासम्म खाद्यान्न उपलब्ध गराउने घोषणा गर्दै खाद्यान्न उपलब्ध गराउने काम शुरु गरिसकेको छ ।

साउथ अष्ट्रेलियामा कोरोना संक्रमणका कारण समस्यामा परेका २८ जना नेपालीहरुको आवेदन परेकोमा १२ जनालाई सहयोग उपलब्ध गराइ सकिएको एनआरएनए साउथ अष्ट्रेलिया उप संयोजक सन्तोषी गौतमले नेपाल अष्ट्रेलिया समाचारलाई बताइन । “एनआरएनएले सहयोग गर्नका लागी तोकेको शर्त पुरा नभएको तर समस्यामा रहनुभएको नेपालीहरूलाई व्यक्तिगत रुपमा सहयोग गरिरहेका छौं। यो संख्या बढ्दै जाँदा हामीले एडिलेडका अन्य संघसस्थासँग हातेमालो गरेर बढ्नुपर्ने अवस्था छ । ” उनले थपिन ।

आएको १५ दिनमात्र भएको र सेल्फ आइसोलेसनमा रहेका एकजना नेपाली विद्यार्थीले एनआरएनएले उपलब्ध गराएको खाद्यान्नले पनि आफुलाई धेरै राहत भएको महसुस गराएको नेपाल अष्ट्रेलिया समाचारलाई बताए

कोरोना संक्रमणको संकट बढ्दै जाँदा एनआरएनए साउथ अष्ट्रेलियाले आईतवार साँझ बृहत नेपाली समुदायसँग फोन कन्फरेन्समार्फत छलफल गरि सहयोगको आगामी कार्यदिशा तय गर्ने बताएको छ ।

Advertisements
Advertisements

Leave a Reply