साउथ अष्ट्रेलियाले मंगलबारबाट सीमा बन्द गर्ने

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी साउथ अष्ट्रेलियाले अन्य राज्यसँगको सीमा बन्द गर्ने निर्णय गरेको छ। साउथ अष्ट्रेलियाका प्रिमियर स्टेभेन मार्सलले मंगलबार अपह्रान्न ४ बजेदेखि लागु हुनेगरी सीमा बन्द गर्ने बताएका हुन । मार्सलले कोरोना संक्रमणलाई थप बढ्न नदिन यस्तो निर्णय गरिएको बताए। साउथ अष्ट्रेलिया कोरोना संक्रमितको संख्या ७७ पुगीसकेकोछ ।

मार्सलले गरेको घोषणा अनुसार मंगलबार ४ बजेपछि साउथ अष्ट्रेलिया आउने सबैले १४ दिनसम्म ‘सेल्फ आइसोलेसन’ मा बस्नु पर्ने हुन्छ ।

यो बन्दले खाद्यान्न तथा अत्यावश्यक बस्तुको आयातमा प्रभाव पार्ने छैन ।

कोरोना नियन्त्रणका लागी सीमा बन्द गर्ने साउथ अष्ट्रेलिया तेस्रो राज्य हो । नर्दन टेरिटरी र वेष्टर्न अष्ट्रेलियाले यसअघिनै आफ्नो सीमा बन्द गरिसकेका छन्।

Advertisements

Leave a Reply