डाक्टरले बलत्कारको प्रयास गरेपछी

उपचारका लागि आएको बिरामीमाथि बलात्कारको प्रयास गरेको आरोपमा एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको मेडिसिटी हस्पिटलका चिकित्सक रोहितप्रसाद झा छन् ।

पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि सोमबार साँझ प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएअनुसार उनी हस्पिटलमा जनरल चेकअपका लागि आएकी थिइन् ।

मंगलबार जिल्ला अदालत, ललितपुरबाट जबरजस्ती करणी उद्योगमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

Leave a Reply