जुलाई १ देखी एज्ड केयर वर्करहरूको तलब १५ प्रतिशत बढ्ने

मिलन दाहाल- आगामी १ जुलाई २०२३ देखी एज्ड केयरमा काम गर्ने कामदारहरूको तलब १५ प्रतिशतले बढ्ने भएको छ । एज्ड केयर क्षेत्र मा काम गर्ने केयरर, नर्सलगायत सम्पूर्ण कर्मचारीको तलब बढ्ने अष्ट्रेलियन नर्सिङ एन्ड मिडविफीरी एसोसिएसनले जनाएको छ ।

एज्ड केयर क्षेत्रमा काम गर्ने कामदारको तलब पर्याप्त नभएको आवाज लामो समयदेखी उठ्ने गरेको र नर्सिङ युनियनहरूले सो का लागी संघर्ष गरिरहेका थिए । नर्सिङ युनियनहरूले पच्चीस प्रतिशतको माग गरेपनि सरकार आगामी १ जुलाई देखी पन्ध्र प्रतिशत बढाउन सहमत भएको हो । नर्सिङ युनियनहरूले सो कुराको स्वागत गर्दै पच्चीस प्रतिशतका लागी संघर्ष जारी राख्ने बताएका छन ।

Advertisements

Leave a Reply