एनआरएनए साउथ अष्ट्रेलियाको कार्यभार हस्तानन्तरण, ईश्वरका नाममा सपथ

मिलन दाहाल- गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको बहिर्गमन भइरहेको कार्यसमितीले नव निर्वाचित कार्यसमितीलाई पदभार हस्तान्तरण गरेको छ । ग्लेन्डोरमा रहेको फ्रेस चुलो रेस्टुरेन्टमा शुक्रबार साँझ रात्रीभोजको आयोजना गर्दै नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको हो । कार्यक्रमको सञ्चालन निवर्तमान सविव तथा नवनिर्वाचित उप-संयोजक बिनोद बानियाले गरेका थिए । कार्यक्रममा एनआरएनएमा बिगतदेखी वर्तमान सम्म साउथ अष्ट्रेलियामा रहेर एनआरएनएको अन्तराष्ट्रिय समन्वय समिति, क्षेत्रिय समिति, साष्ट्रिय समिति, एवं राज्य समितिमा रहेर काम गरिसकेका पदाधिकारीहरुले निवर्तमान समितिलाई धन्यवाद तथा नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । कार्यक्रममा एनआरएन साउथ अष्ट्रेलियाका संस्थापक संयोजक दिपक बिष्ट, पुर्व संयोजकहरु रमेश जोशी, नबीन कडेल, अशोक केसी, नविन पन्त, रेनुका लामा, गत जुलाई २९ मा भएको निर्वाचनका आयुक्त कपिल पाण्डे, निर्वाचन समिति सदस्यहरु चेवन अधिकारी, अंकुर उपाध्याय, पुश्कर कोइराला, फेन्का अध्यक्ष सुरेन रेग्मी, एडिलेड नेपाली समाजका अष्यक्ष देवराज कडेल, एन्जा महासचिब नारायण खड्कालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाको गतिविधिबारेको पावरप्वइन्ट प्रस्तुत गरेकि निवर्तमान संयोजक लामाले आफ्ना कार्यकालमा भएका कार्यक्रमवारे जानकारी गराउदै आफुहरु स्थानिय सरकारसँग नेपाली समुदायलाई जोड्न निकै सफल भएको बताउदै नेपाल फेस्टिवलमा राम्रो ‘ग्रान्ट’ प्राप्त गर्न सफल भएको बताएकि थिइन । मेरियन काउन्सिल अन्तरगतको वरिपरिङ्गा वार्डकि काउन्सलरसमेत रहेकि लामाले एनआरएनए साउथ. अष्ट्रेलियाको संयोजक पद आफुलाई काउन्स्लर बनाउने सेतुसमेत भएको बताइन । यसैगरि नारी निकुञ्ज साउथ साउथ अष्ट्रेलिया संयोजकका रुपमा एक कार्यकाल काम गरिसकेकि नारी निकुञ्ज अष्ट्रेलियाकि निवर्तमान संयोजक एवं साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगकि बोर्ड सदस्यसमेत रहेकि मञ्जु खड्काले नारी निकुञ्ज अष्ट्रेलियाको गतिविधीहरु बारेको पावरप्वइन्ट प्रस्तुत गरेकि थिइन । नारिनिकुञ्ज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका बिभिन्न राज्यमा भएका कार्यक्रमहरुबारे बताउदै खड्काले अष्ट्रेलियामा रहेका नेपाली महिलाका साथसाथै नेपालका दुर्गममा रहेका नेपाली महिलाहरुका लागी समेत ऐतिहासिक सहायता गर्न आफ्नो कार्यकाल सफल भएको बताईन । खड्काले आफ्नो कार्यकालमा नेपालका दुर्गमका महिलाहरुको सहयोगार्थ ६५ हजार अष्ट्रेलियन डलर भन्दा बढी संकलन गर्न सफल भएको समेत बताईन ।

एन्जाका महासचिब नारायण खड्काले एनआरएनए प्रवासमा रहेका नेपालीहरुको छातासंगठन रहेको भएपनि एनआरएनएको छवीमा बिगतमा धमिलोपन लागेकाले त्यसलाई सपार्नुपर्ने सुझााए । खड्काको बिचारको समर्थन गर्दै एनआरएनए साउथ अष्ट्रेलिया पुर्व संयोजक तथा एसिया प्यासिफिक क्षेत्रिय समितिमा पुर्व उपसंयोजक रहिसकेका रमेश जोशीले बर्तमान अन्तराष्ट्रिय समितिमा तिन-तिनजना अध्यक्ष रहनु लज्जाको बिषय भएको बताए ।

हिसाब किताब तिन तिन महिनामा सार्वजनिक गर्ने प्रतिवद्दता

आफुमातहतका नवनिर्वाचित पदाधिकारीहरुलाई इश्वरका नाममा विधानमा रहेको आफ्नो कार्यक्षेत्रभित्र रहि कार्य गर्ने सपथ गराउदै निर्वाचित अध्यक्ष सञ्जय पुरीले आफ्नो कार्यकालमा तिन तिन महिनामा हिसाब किताब सार्वजनिक गर्ने प्रतिबद्दता व्याक्त गर्दै साउथ अष्ट्रेलियाको नेपाली समुदायलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा गत कार्यकाल काम गरेका पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

५ हजारको सदस्यता अस्विकृत: निर्वाचन आयुक्त पाण्डे

कार्यक्रममा बिषेश समयको माग गर्दै बोलेका साउथ अष्ट्रेलिया निर्वाचन आयुक्त कपिल पाण्डेले गएको निर्वाचनमा पाँच हजारभन्दा बढी सदस्यहरुको सदस्यताबारे बिनाकुनै कारबाही निर्वाचन समितिलाई हस्तान्तरणले समितिलाई निकै चाप भएको खुलासा गरेका थिए । पाण्डेले आफु आयुक्त रहेको निर्वाचन समितिले अष्ट्रेलियाभरमा नै सबैभन्दा कम खर्चमा आफुहरुले निर्वाचन गराएको समेत वताए । पाण्डेले आफुले मात्र ६ सय डलरमा साउथ अष्ट्रेलियाको निर्वाचन गराएको बताए ।

Leave a Reply