नातिनीको नाङ्गो भिडियो टिकटकमा पोष्ट गर्दा हजुरआमा अष्ट्रेलियन प्रहरीको फन्दामा

मिलन दाहाल- नातिनी हेर्न अष्ट्रेलिया आएकी एकजना हजुरआमा नातिनीको भिडियो टिकटकमा पोष्ट गर्दा पक्राउ परेकि छन । अष्ट्रेलियन क्यापिटल टेरिटरी प्रहरीले ५० बर्षी ति नेपाली हजुरआमालाई वालिकालाई ‘यौनिक हिसां गरेको’ र ‘ वालिकाको नाङ्गो फोटो पटक पटक सामाजिक सञ्जालमा पोस्ट्याको’ आरोपमा गत ६ फेब्रुवरी २०२३, शनिवारका दिन उनी बसेको बासस्थानबाटै पक्राउ गरेको थियो ।

अष्ट्रेलियन फेडरल पुलिसको वालवालिका संरक्षण युनिट (Child Protection Triage Unit) मा २७ जनवरी २०२३ मा हजुरआमाका विरुद्द उजुरी परेपछि अष्ट्रेलियन फेडरल पुलिसलेे  वालवालिकामाथीको हिंसा हेर्ने निकायहरु Sexual Assault and Child Abuse team तथा ACT joint Child Exploitation Team लाई उक्त उजुरी हस्तान्तरण गरेपछी ति निकायहरुको आग्रहमा अष्ट्रेलियन क्यापिटल प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अष्ट्रेलियन क्यापिटल टेरिटरी प्रहरीले उनलाई ७ फेब्रुवरीमा अष्ट्रेलियन क्यापिटल टेरिटरी म्याजिस्ट्रेट कोर्टमा लगेकोमा कोर्टलेे उनीमाथी १० बर्षमुनिको वालवालिका माथी हिंसाजन्य सामाग्री वनाएको र रामाजिक सञ्जालमा पोष्ट गरेेको अभियोगमा सजाय सुनाएको थियो ।

अष्ट्रेलियामा १० बर्षमुनिका वालवालिकाका नग्न तस्विरहरु तथा भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट्याउनु आपराध मानिन्छ ।

Leave a Reply