कपालको रंगको बट्टामा लुकाई लागु औषत ओसारपसार गर्ने २ नेपाली ब्रिसबेनबाट पक्राउ

मिलन दाहाल- अष्ट्रेलियाको फेडरल पुलिसले कइालको रंगको डब्बामा लुकाई लागुऔषत ओसारपसार गरेको आरोपमा दुइ नेपालीलाई ब्रिसबेनबाट बुधबार पक्राउ गरेको छ । उनीहरुले ४५० ग्राम लागुऔषत कपालको रङको डब्बाबा लुकाएर ओसारपसार गरेको फ्रेडरल पुलिसको प्रेस रिलिजमा बताइएको छ । दुबैजनाको उमेर २१ बर्ष भएको बताईएको छ ।

सिड्नीबाट क्यासिनो ट्रेनमा गएका ती नेपालीहरु राती करिब १०२० बजे ब्रिसबेनको रोमा स्ट्रिट बस स्टेसनमा आइपुगेपछी प्रहरीले  नियन्त्रणमा लिई उनीहरुको ब्याग खानतलासी गर्दा तौलियामा बेरिएको अवस्थामा ५ वटा कपालको रङको बट्टामा लुकाईएको अवस्थामा लागु पदार्थ फेला पारेको जनाएको छ । प्रहरीले ती बट्टामा भएका बस्तु लागुपदार्थ भएको बताएको छ भने उक्त बस्तु के हुन भनेर थप अनुसन्धान भइरहेको छ ।

उनीहरुलाई आज पाईन रिभर म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइएकोमा अदालतले प्रहरीलाई उनीहरुलाई थुनामा राखी थप अनुसन्धान गर्न अनुमति दिएको छ । हाल प्रहरीको हिरासतमा रहेका उनिहरुको अर्को सुनुवाई आगामी ३ मार्चमा बिहान पाइन रिभर म्याजिस्ट्रेट कोर्टमा हुने बताईएको छ ।

Leave a Reply