अष्ट्रेलियामा दुई नेपालीलाई हुन सक्छ २५ बर्ष जेल

मिलन दाहाल- गत बुधबार लागूपदार्थका साथमा अष्ट्रेलियाको ब्रिसवेनबाट पक्राउ परेका दुई नेपाली युवाहरूलाई अभियोग प्रमाणित भएमा २५ बर्षसम्मको जेल सजाय हुन सक्छ । अष्ट्रेलियाको क्रिमिनल कोड एक्ट १९९५ अनुसार लागूपदार्थको ओसारपसार गर्नेलाई बढीमा २५ वर्षसम्मको जेल सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

गत बुधबार ब्रिसवेनको एक बस स्टपबाट राती करिब १०२० बजेतिर २१ बर्षीय दुइ नेपाली युवाहरूलाई अष्ट्रेलियन फेडरल पुलिसले कपालमा लगाउने रंगको बट्टामा लुकाई तौलियामा बेरेको अबस्थामा ४५० ग्राम लागूपदार्थ सहित पक्राउ गरेको थियो । बिहीबार पाइन रिभर म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराईएको उनीहरूलाई अदालतले थुनामा राखि थप अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । उनीहरूको अर्को सुनुवाइ ३ मार्चमा सोही अदालतमा हुँदैछ । अष्ट्रेलियन प्राइभेसी कानुनअनुसार अभियुक्तहरूको परिचय भने खुलाइएको छैन ।

Advertisements

Leave a Reply