अष्ट्रेलियामा कुन कुन बिषय पढ्नेले पाउछन त दुईबर्ष बढी काम गर्ने भिषा? (लिस्ट सहित)

मिलन दाहाल- अष्ट्रेलियन युनिभर्सिटीबाट आफ्नो अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पढाईपछी काम गर्न पाउने ‘पोष्ट स्टडि वर्क भिषा’ को समयावधि बढाउने घोषणा सरकारले गत बर्ष नै गरेको भएपनि कुन कुन विषय अध्ययन गर्ने विद्यार्थीले यसरी बढेको भिषा पाउने सार्वजनिक भने गरेको थिएन । तोकिएको बिषयमा ब्याचलर गर्नेले ४ बर्षसम्म, मास्टर गर्नेले ५ बर्षसम्म र पीएच डी गर्नेले ६ बर्षसम्मको पोष्ट स्टडि भिषा दिने व्यवस्था अष्ट्रेलियन सरकारले गरेको थियो। सरकारले हालसालै यसरी बढेको पोष्ट स्टडि वर्क राईट पाउने बिषयहरूको सूची सार्वजनिक गरेको छ, जुन यहाँ बाट डाउनलोड गर्न सकिन्छ ।

Advertisements

Leave a Reply