नेपालीहरूलाई दक्षिणअष्ट्रेलियाकि मन्त्रीको संसद भवनमा चियापान
मिलन दाहाल- दक्षिण अष्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूलाई दक्षिण अष्ट्रेलियाकि बहुसंस्कृती मन्त्री जोय बेटिसनले गत बुधबार ( २२ फेब्रुअरी २०२३) संसद भवनमा निमन्त्रणा गरिन । कारण नजनाई आमन्त्रण गरिएकाले नेपाली समुदायका अगुवाहरूमा एकाकाए कौतुहलता जाग्यो, जुन स्वभाविक पनि हो । कौतुहलका बिच नेपाली समुदायका अगुवाहरू निमन्त्रणालाई स्विकार गर्दै संसद भवनमा गए । जोय बेट्टिसनको सम्बोधनका क्रममा थाहा भयो, बढ्दैगरेको मिहिनेती र बौद्धिक नेपाली समुदायको सम्मानार्थ मन्त्रीद्वारा चियापान कार्यक्रमको आयोजना गरिएको रहेछ । चियापान समारोहमा एल्डर क्षेत्रबाट साउथ अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने सांसद नडिया क्लान्सिको समेत सहभागीता रहेको थियो । सम्बोधनका क्रममा मन्त्री बेट्टिसनले अन्य समुदाय बिभिन्न अन्य कारणहरूले अष्ट्रेलिया आएको र बसोवासको अनुमति पाएको भएपनि नेपाली समुदायका अधिकांश मानिसहरु विद्यार्थीका रूपमा अष्ट्रेलिया आएको र शिक्षा आर्जन गरिसकेपछी दक्ष कामदारका रूपमा अष्ट्रेलियाको अर्थ तन्त्रलाई योगदान पुर्याएको भन्दै नेपालीहरूको उच्च मूल्याङ्कन गरिन । मन्त्री बेट्टिसनले अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको योगदानको चर्चा गर्दै आफ्नो भाषा संस्कृती दोस्रो पुस्तालाई हस्तान्तण गर्न खोलिएका नेपाल भाषि विद्यालयहरूले पुर्याएका योगदानको समेत उच्च प्रशंसा गरिन ।

कार्यक्रममा नेपाली बाणिज्य दुत दिपक धमला, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक एवं वरिपरिङ्गाकि काउन्सिलर रेनुका लामा, साउथ अष्ट्रेलियन बहुसांस्कृतिक आयोगकि बोर्ड सदस्य मञ्जु खड्का, एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेल, पाठशालाका अध्यक्ष अंकुर उपाध्याय, अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनका महासचिव नारायण खड्का, बुमरेङ इन्टरनेशनलका आषिस वाग्ले, एडिलेड नेपालका अध्यक्ष पुस्कर कोइराला, नेपाली भजनकिर्तन समूहका अध्यक्ष गणेश पराजुली, एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष सञ्जय पुरी, सचिब बिनोद बानिया, नेप्लिज इन एडिलेडका मनोरथ पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तमु धि का कलाकारहरूले नेपाली संस्कृति झल्कने नृत्यसमेत प्रस्तुत गरेका थिए ।


Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस