डेढ दर्जन नेपाली कलाकारहरु सहित होली मनाउदै ‘एडिलेड नेपाल’

मिलन दाहाल- सन् २०१६ मा स्थापना भइ समुदाय सेवाका बिभिन्न क्षेत्रमा सक्रिय रहेको ‘एडिलेड नेपाल’ले एडिलेडमा आफ्नो ‘होली फेस्टिभल’ कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्षपनि होली कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । कार्यक्रम ५ मार्च २०२३ आइतवारका दिन मिचेल पार्क ओभलमा गर्ने तयारी गरेको छ । रङ्ग, संगीत, नृत्य र खानाका साथमा मनाउने तयारी गरिएको यसबर्षको होली बिहान १० बजेदेखी साँझको ८ बजेसम्म आयोजना हुने छ । कार्यक्रममा राजेश हमाल, राजेश पायल राई, सुदिन पोखरेल, बिक्रम बराल, निहारिका ज्ञावली, सुण्डी दोर्जे लामा, सानु लामा, आर्ट फर आर्ट सिक ब्याण्ड, रुक्ष, ब्याण्ड, डिजे भाइचुङलगायत एडिलेडमा रहेका अन्य कलाकारहरुको प्रस्तिुति रहने संस्थाद्वारा जारी गरिएको प्रेश बिज्ञाप्तिमा बताइएको छ ।

कार्यक्रमलाई अजिज ग्रुपले मुख्य प्रायोजन गरेको छ भने फ्रेस चुलो रेष्टुरेन्टले फुड स्टल राख्ने बताइएको छ । कार्यक्रमलाई नमस्ते सुपरमार्केट, कालिकोटे ज्वेलरी लगायतका संघसस्थाले प्रायोजन गरेका छन । कार्यक्रमको ट्राभल पार्टनर डोको टुर रहेको छ ।  कार्क्रममा प्रवेश निशुल्क रहेको छ ।

एडिलेड नेपालले सन २०२० मा आयोजना गरेको होली फेष्टिभल मेरियन काउन्सिलकै उत्कृष्ट पाँच कार्यक्रमहरु मध्येमा छनौट भएको थियो । संस्थाका अध्यक्ष पुस्कर कोइरालाले सबैलाई कार्यक्रममा मिलेसम्म सहभागी हुन आग्रह गरेका छन ।

Advertisements

Leave a Reply