ताजा खवरहरु:

लिपुलेक र कालापानी समेटतिएको नेपालको नयाँ नक्सा सार्बजनिक

नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिले नेपालको नक्सा सार्वजनिक गरेको हो।

नक्सा तयारबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए। ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले कालीनदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसबारे काम गरेको सुनाए।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएको बताए।

पूर्व सचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए। संयुक्त राष्ट्रसंघसम्म नक्सा पुर्याउनेबारे विचार गरिएको उनको भनाई थियो।

सेतोपाटीबाट


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading