ताजा खवरहरु:

थाइल्याण्डले गर्यो नेपालीलाई भिषामा कडाइ

नेपालीमा एउटा चर्चित उखान नै छ- ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ । नेपालको समयमा त्यही उखान चरितार्थ भएको छ । भारतले सीमा मिचिरहेका बेला पुरानो मित्र राष्ट्र थाइल्यान्डले पनि नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ।

भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, उताको होटल बुक गरेको कागज र भिसा शुल्क तीन हजार ६ सय रुपैयाँ तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको छ।

यो सर्त तीन महिनाको एकल प्रवेशका लागि मात्र भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

उसले व्यावसायिक भिसामा पनि नयाँ प्रावधान थपेको छ। किन बहुप्रवेश दिँदैन? यसबारे सोच्ने फुर्सद न परराष्ट्र मन्त्रालयलाई छ न त बैंककस्थित नेपाली दूतावासलाई। सरकारी निकायका अधिकारीलाई भिसा समस्या पर्दैन।

परराष्ट्रमन्त्री वा सचिवस्तरीय वार्ता हुनेबित्तिकै ती मुलुकमा कूटनीतिक र कर्मचारी तहको राहदानीलाई ‘अनअराइभल भिसा’को निर्णय हुन्छ। भिसा अनअराइभल भनेर प्रचार पनि गरिदिन्छन्। वास्ताविकता भने फरक छ।

‘सर्वसाधारणको पासपोर्टबारे सोच्ने फुर्सद नभएकै हो। सबैले आफ्नो सहजता हेर्ने रहेछन्’, परराष्ट्रका एक अधिकारीले भने, ‘यस्ता विषय दूतावासले पनि उठाउनुपर्ने हो। ’

अन्य मुलुकसँगको अवस्था पनि त्यस्तै छ। नेपालले सार्क मुलुक (अफगानिस्तान बाहेक) र अर्को छिमेकी चीनलाई पर्यटन बढाउन भन्दै भिसा शुल्क नलिईकन अनअराइभल भिसा दिने गरेको छ। तर, ती मुलुकले नेपाललाई उल्टो व्यवहार गर्दै आएका छन्। अझ चीनले आफ्नै निम्तामा बोलाएकासँग पनि भिसा शुल्क लिन्छ।

दूतावास अधिकारीका अनुसार थाइल्यान्डमा दैनिक दुई सय नेपाली जान्छन् भने दुई सय फर्कन्छन्। चाडबाडमा दिनमै एक हजारभन्दा बढीलाई दैनिक भिसा दिएको दूतावासको तथ्यांक छ। अन्य समयमा पनि कम्तीमा दुई सयले दैनिक भिसा लिइरहेका छन्।

थाई एयरलाइन्स घाटामा छ तर नेपालको उडान अधिक नाफामा छ। थाइल्यान्डले भारत र भुटानलाई अनअराइभल उपलब्ध गराउँदा नेपाललाई भने बेवास्ता गरेको छ। परराष्ट्र मन्त्रालयले यस्ता विषय गृहलाई पन्छाउँदै आएको छ।

३० वर्षअघिसम्म युरोपेली मुलुकले पनि नेपालीलाई अनअराइभल भिसा दिन्थे। तर अहिले दिँदैनन्। धेरै नेपाली उतै बसेको कारण देखाउँदै मन्त्रालय उम्कन्छ।

गिर्दो कूटनीतिक प्रभावले नेपालीले यस्तो भिसा पाउन छाडेको अधिकारीहरू स्वीकार गर्छन्। युरोपले विश्वभर छरिएका नेपालीभन्दा कैयन् गुणा बढी अन्य मुलुकका नागरिकलाई ‘असाइलम’ (राजनीतिक शरण) सुविधा दिएको तथ्यांक केलाउँदा पनि त्यो स्पष्ट हुन्छ।

युरोपका कैयन् मुलुकले काठमाडौंमै दूतावास राखेर भिसा लिन दिल्ली पुर्‍याएका छन्। त्यसमा नेपालीलाई खर्च थपिएको छ। कुरिअर खर्च लाग्ने, डकुमेन्ट हराउने र समय लाग्ने त छँदैछ।

कतिपय ‘ठूला र विकसित’ मुलुकले भिसा अस्वीकार गर्ने तर शुल्क भने लिन छाडेका छैनन्। जापान र छिमेकी चीनबाहेक अन्य मुलुकले भिसा नदिए पनि शुल्क लिन्छन्। जापान र चीनले भने भिसा भएपछि मात्र शुल्क लिने गरेको विषय अन्य मित्रराष्ट्रलाई सुझाउन परराष्ट्रले सकेको छैन।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading