ताजा खवरहरु:

अनलाईन खबरलाई रवि लामिछानेको झापड

३१ अगष्ट २०१९, एडिलेड- रवि लामिछानेको बिगत कोट्याइरहेको अनलाईन खबर डट कमलाई रवि लामिछानेले गतिलो झापड हानेका छन । जनआस्थाका पुर्वकर्मचारी अरुण बराललाई ‘फुर्सदिला पत्रकार’ को संज्ञा दिदै बितिसकेको र आफुले व्यवस्थापन गरिसकेको  आफ्नो पुर्व जीवनबारे लगातार नलेख्न अनुरोध गरेका छन । जन अास्था किशोर श्रेष्ठको त्यहि पत्रिका हो जस्ले नायीका श्रीषा कार्कीको नग्न तस्विर सार्वजनिक गरि उनलाई आत्महत्याका लागी दुरुत्साहन गरेको थियो । यसका लागी श्रेष्ठले सार्बजनिक रुपमा माफिसमेत मागेका थिए ।  यसैगरी उनले आफ्नि पुर्वपत्नि इशा बारे पनि आफ्नो फेसबुकमा लेखेका छन । उनको स्टाटस यस्तो छ –

अन्लाईन खबर डट कम बारम्बार मेरो बितेको कुरा कोट्याउछ। कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ,कहिले छोरिहरुलाई हेरेन भन्छ। न म सङ वास्तविकता सोध्छ। एकोहोरो आरोप छाप्छ। बितिसकेको जीवन बारे मैले आजिवन जवाफ दिएर बस्ने? सम्पादक अरुण बराल जी, मलाई थाहा छ, तपाईं जनाआस्था बाट पत्रकारिता गर्न शुरु गर्नु भएको ब्यक्ती हो।तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान। के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र?मैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराए, मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न।हिजो राती सम्मपनि म मेरि छोरी सङ कुरा गरि रहेको छु। ईशाका दाइसङ २ हप्ता अघि भेटेकै छु। मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी। भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेईज्जती गर्दैन। समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ। म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो उहाले थाहा छैन। सायद केहि वाह वाही को लोभ लागेर हुन सक्ला।ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनु हुन्थ्यो आजपनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ।अरुण जीको अन्लाईन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ,पहिलापनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो।कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादक ज्यु,जिब्रो टोकेर फर्किनु हुनेछ। कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन। अब यहि खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ। त्यसपछि उहाँहरुको नेट्वोर्कका सारा अनलाइनमा जान्छ। यति धेरै किन पछि लाग्नु हुन्छ?तपाईको सम्पादकिय क्षमता मेरा विरुद्ध नै खर्चने हो आजीवन?अब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला।अनि यति भनेकोमा मैले कुन आपत बेहोर्नु पर्ने हो, त्यो थाहा छैन।अर्को कुरा,भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासत बाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजी लाई? के यी सब कुराका लागि उपयुक्त मौका यहि थियो?मैले गलत गरे कानुन छैन? छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई,उहाँका दाईलाई र मेरा छोरिहरुलाई थाहा छ। कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बराल जी।कार्यक्रम निर्माणमा गल्ती भए,कन्टेन्टमा कुरा गरौ। पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौ र महिलाले पनि मिडिया बाजी बन्द गरौ। वास्तविकता त्यो होइन जुन भनियो र लेखियो।हैरान गर्नेपनि सिमा हुन्छ। कोहि देश भरी मुद्धा हाल्ने अभियानमा लाग्ने,कोहि पुराना कुरा उचाल्ने!! सरहरुको अरु काम छैन होला,तर प्लिज मलाई यति धेरै दुख नदिनुस। हामी सबै आ आफ्नो संसारमा खुशी छौ। ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरिहरु सङ प्राय हरेक दिन कुरा हुन्छ। तपाईंलाई चाहिँ अब के चाहियो।म आज बाट कार्यक्रम शुरु गर्दैछु। त्यसमा चाहिँ केही भए लेख्नु होला। नत्र पुराना र टुंगो लागेका मुद्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला। यो अपिल ईशा जी,अरुण जी लगायतका जीहरुलाई । धन्यवाद।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading