ताजा खवरहरु:

रवी कसैले तिम्रो रौंपनि हल्लाउन सक्दैन: जे सागर

रवि लामिछाने तिमीलाई कमजोर बनाउन धेरै संयन्त्र लागिपरेका छन् तर आजको नियोजित भिडियोले तिम्रो रौं पनि हल्लिंदैन नडराए हुन्छ ! किनकि ..

– महिनामा डेढ लाख कमाउने व्यक्ति (त्यो पनि समाजको सचेत वर्गमा गनिने पत्रकार) कसैको करकाप र बलजफ्तीले १५,०००/- मा काम गर्न जाँदैन ।

– महिनामा १५,०००/- तलब खाने ,४/५ हजार बाइकलाई खर्च गर्ने र १८,५००/- बैंकमा किस्ता बुझाउनु पर्ने २७ वर्षे ठिटोको करोडौं सम्पत्ति कसरी भयो ? (त्यो पनि दाजुभाइलाई बाँढ्नु नपर्ने -मतलब स्व आर्जन) यदी रहेछ भनेपनि त्यो कमाइको श्रोत के हो ?

– आत्महत्या क्षणिक उद्वेगको उपज हो ,मलाई पनि कहिलेकाहीँ मरौं मरौं जस्तो लाग्छ (सायद जिन्दगीमा सबैलाई कहिलेकाहीँ त्यो मुड आउँछ होला !) पुर्व तयारीका साथ पहिले स्यान्डो लगाएर स्वस्फुर्त भिडियो खिचेर अनि पछि चिटिक्क परेर सर्ट पाएन्ट लगाएर मर्दैन (झुन्डिएको फोटोको प्रकृति हेर्दा पनि आत्महत्या लाग्दैन, यो हिसाबले पनि यो हत्या नियोजित हो) ।

– रविले समाजका सयौं केसको बारेमा बोलेका छन् तर अष्टमी गुरुङको बारेमा अस्पष्ट र अपुरो प्रसंग आएको छ ।

– शालीकरामको भिडियोको अन्तिममा बारबार रवि लामिछानेको भलो नहोस् भनेर दोहोर्याउन लगाइएको छ तर त्यसको ठोस कारण के त ? (के तलब कम पाउनु मात्रै हो ? )तलब कम पाएको कारण छोडिसकेको कम्पनीको पुर्व सहकर्मीको रीसले कोही आत्महत्या सम्म गर्न सक्छ ?

समाजका हरेक विकृतिको बारेमा चिच्याइ चिच्याइ बोल्ने पत्रकार (शालिकराम ), आफूलाई त्यो हदसम्मको थिचोमिचो थियो भने जीवितै न्याय खोज्न जान नसक्ने अवस्थाको थियो होला ? मान्छेलाई सबै भन्दा बढी डर के को हुन्छ ? मृत्युको हैन ? जब आत्महत्या सम्म गर्न सक्ने मानसिकता बनाइसकेको व्यक्तिले आफू विरुद्ध त्यत्रो अन्याय भएको सहेर बरु चुपचाप मर्न तयार हुने तर रविको विरुद्धमा बोल्नै आँट नआउने हुन्छ होला ? के रविको डरले मात्र ऊ बरु मर्न तयार तर आफूलाई परेको थिचोमिचोको विरुद्ध बोल्न नसक्ने अवस्था नै थियो होला ? यो देशमा रवि मात्रै मिडिया पर्सन र अन्तिम कानुन थिए र ?

– सुसाइड भिडियोमा बोलिएका धेरै डाइलग नियोजित लाग्छन् ,स्वस्फूर्त छैनन् ( एउटै विषयमा बोल्दै गर्दा कतै भक्कानिएर रोएको छ कतै सामान्य तरिकाले बोलिएको छ ।

– भिडियोको ८ मिनेट ४८ सेकेन्डमा ध्यान दिएर हेर्यो भने नजिकै कोही व्यक्ति बसेको जस्तो देखिन्छ ,त्यसलाई भित्तो र भुइँ मान्ने हो भनेपनि अन्तिमको दुई हात जोडाइले त्यो कोठामा उनी मात्रै थिए भनेर पत्यार गर्न सकिने कुनै आधार छैन ।

– रविका दुश्मन धेरै छन् । हिजो नागरिकता लिंदै गर्दाको प्रोसेस देखि लिएर उनको नितान्त व्यक्तिगत वैवाहिक जिन्दगीको विषयलाई लिएर त देश बाटै लखेट्नु पर्छ भनेर उनको प्रगतिमा जल्ने सामान्य व्यक्ति मात्र नभएर प्रेस काउन्सिलका अध्यक्ष देखि स्थापित राजनीतिज्ञ समेत हात धोएर लागेका थिए भने आम मानिसको आँखामा छारो हाल्न सकिने यत्तिको प्रमाण भेटेपछि तिम्रो भुत्ला खुइल्याउन तातोपानी र बेसार लिएर बसेका धेरैलाई दशै आउनु स्वभाविक हो । तिनीहरूले सकेसम्म गर्छन् ! यो अपेक्षित नै हो ।

– तनाव बेस्सरी होला, लखेट्ने दपेट्ने झन् धेरै थपिएलान् , तिम्रो विरुद्धमा राज्यका ठुलै संयन्त्र लागिपरेका छन् ,झन् पुरातन झोले पत्रकारको त तिमी आँखाको तारो नै भएका छौ त्यसैले राज्यका मुलधारका मिडियाका दलालले पनि तिमीलाई बेस्सरी खेद्लान! तर ढुक्क होउ -यो सतीले सरापेको देश भनेर पुरानो उखान रटान लगाउने देश मात्रै हैन ! रवि लामिछाने जस्ता सतिले आशीर्वाद दिएर पठाएका पुत्रहरुको पनि देश हो ! त्यसैले यो केसले तिम्रो एउटा रौं पनि झर्दैन !!….. Rabi Lamichhane


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading