ताजा खवरहरु:

सरकारभन्दा हत्यारा शक्तिशाली? दश महिना बित्दापनि पत्ता लागेन निर्मलाको हत्यारा !

२५ मे २०१९, काठमाडौं- कन्चनपुरककी एघार बर्षीय बालीकाको बलात्कारपछि हत्या भएको शुक्रबार १० महिना पुगेको छ । १० महिना बितिसक्दा पनि उनको हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले ४ सय जनाभन्दा बढीमाथी अनुसन्धान गरेको बताए पनि वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन ।

यसबिचमा हत्यारा चाँडै पत्ता लाग्ने आश्वासन धेरै पटक दिइयो, तर हत्यारा कहिल्यै पत्ता लगाइएन । अनुसन्धानमा संलग्न प्रहरी आफैं रनभुल्लमा छ भने अधिकारवादी तथा आफन्तहरूले प्रहरी आफैं हत्यारा लुकाउन लागी परेको आरोप लाएको सञ्चार माध्यममा पटक पटक आएको थियो ।

लामो समयसम्म एउटा हत्याको हत्यारा पत्ता नलाग्दा आफन्तमा निराशा छाएको छ भने पहुँच नहुनेहरूमा भोली हामीमाथी यस्तै आइपर्यो भने के होला भन्ने त्रास मडारिएको छ । नेकपाका कार्यकर्ता यो बिषय उठान गर्ने सर्वसाधारण तथा पत्रकारप्रति रूष्ट बन्ने गरेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading