अष्ट्रेलियामा संघीय निर्वाचन, कस्लाई नेपालीको समर्थन?

१८ मे २०१९, सिड्नी- अष्ट्रेलियामा शनिबार ४६ औं संघीय निर्वाचन हुदैछ । शनिबार हुने निर्वाचनले संघको तल्लो सदनका सबै १५१ सिट र माथिल्लो सदनका कुल ७६ मध्ये ४० सांसदहरूको चयन गर्ने छ ।

अष्ट्रेलियाको संघीय निर्वाचनमा १५ भन्दा बढी पार्टीले उम्मेदवार खडा गरेको भएपनि मुख्य प्रतिस्पर्धा दुई ठुला पार्टी लेवर र लिवरलका बिचनै हुने देखिन्छ । निर्वाचनअगाडि गरिएका बिभिन्न सर्वेक्षणहरुले फरक फरक परिणाम देखाएका कारण आंकलन गर्न निकै कठिन भएपनि धेरैले यसपाली लेबर पार्टी ले जित्न सक्ने अड्कल गरेका छन ।

फरक राजनैतिक आस्थाका कारण नेपालीहरूको मतपनि बिभाजित छ । नेपाली समुदाय माझपनि लेबर र लिवरललाई समर्थन गर्नेहरूको होड छ । साधारणतय नेपालमा नेपाली काँग्रेस नजिक रहेकाहरूले लिवरल र कम्युनिष्ट निकटस्थहरूले लेबर पार्टीको समर्थन गरेझैं देखिएपनि वास्तविक अवस्था फरक छ ।

न्यु साउथ वेल्सको बार्टन क्षेत्रबाट लिवरलका तर्फबाट उम्मेद्वारी दिएका नेपाली परमेज श्रेष्ठ नेपाली समुदायमाझ निकै चर्चित छन । सम्भवतः ठूलो दलको उम्मेदवारका रूपमा उभिने पहिला नेपाली भएका कारणपनि उनी चर्चित छन । उक्त क्षेत्रका नेपालीहरुले आफ्ना ब्याक्तिगत आस्थाभन्दा माथी उठेर आफूलाई मतदान गर्नेमा परमेज विश्वस्त देखिन्छन । तर नेपालीमात्रको समर्थनले उनलाई जित्नभने कठीन छ ।

दुबै ठुला दलले नेपाली भोट तान्न आफूले जिते समुदायलाई सहयोग गर्ने प्रतिबद्धता गरिसकेका छन ।

Advertisements

Leave a Reply