सुपरमार्केटमा चोरी गर्नेहरु सावधान, सेल्फ चेकआउटमा क्यामरा आउदैछ
९ मे २०१९, सिड्नी- कोल्स वा वुलवर्थसबाट सामानहरु किन्ने क्रममा केही सामानहरु स्क्यान नगर्ने गर्नुभएको छ? यदि छ भने यस्तो बानी छोडिहाल्नुहोस, समस्यामा पर्न सक्नु हुन्छ ।
अष्ट्रेलियाका दुइ ठुला खाद्य बिक्रेता कोल्स एवं वुलबर्थसले आफ्ना स्टोरबाट हुने चोरी नियन्त्रण गर्न निकट भविष्यमा नै सेल्फ चेक आउटमा क्यामरा राख्ने भएका छन । अष्ट्रेलियामा हरेक बर्ष पसलबाट ४.५ बिलियन अष्ट्रेलयन डलर बराबरको सामाग्रीहरु चोरी हुने गरेको बताइन्छ ।
सेल्फ चेकआउट नजिकै राखिने आइप्याड साइजका स्क्रिनहरुमा उपभोक्ताले आफुले खरिद गरिरहेको दृस्यसमेत देख्न सक्छन । कोल्स तथा वुलवर्थसले उपभोक्ताका पिनहरु नदेखिने गरेर क्यामराहरु जडान गरिने दाबी गरेका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस