एकै घटनामा गुम्यो ३३ डिमेरिट प्वइन्ट
२८ अप्रिल २०१९, सिड्नी- न्यु साउथ वेल्समा प्रहरीले ब्रेथ टेस्टका लागी गाडी रोक्दा एकजनाले एकैपटकमा ३३ डिमेरिट प्वइन्ट गुमाएका छन । सिड्नीको क्याम्बेलटाउनमा प्रहरीले रेन्डम ब्रेथ टेस्टका लागी गाडी रोक्दा भ्यानमा पाँचजना वालवालिकाहरुलाई बिना बच्चा सिट राखिएको पाएका थिए । प्रहरीका अनुसार एकजनाले सिट बेल्ट लगाएका थिएनन, अर्का एकजनाका लागी कार सिट थिएन भने बाँकि ३ जना भ्यानको फ्लोरमा ब्लांकेटमुनि राखिएका थिए ।
भ्यानचालक ३८ बर्षीय मानिसलाई पाँच गल्तिका लागी सजाय दिइयो, फलस्वरुप उनले ३३ प्वइन्ट गुमाए ।
त्यसैको एकघण्टापछी न्यु साउथ वेल्सकै मुरी भन्ने स्थानमा एक महिलाले ४ बच्चाहरुलाई बिना बच्चा सिट सवारी गराएका कारण २४ प्वइन्ट गुमाइन । यसैगरी इस्टरको बिदामा एक महिलाले न्यु साउथ वेल्समै २८ अंक गुमाएकि थिइन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस