यात्रुका कारण जहाजको आकस्मिक अवतरण

२७ अप्रिल २०१९, न्यू जिल्यान्ड- न्यू जिल्यान्डको अकल्यान्डबाट चिलीको स्यान्टिआगो उडेको जहाज उडान शुरूगरेको ७५ मिनेटपछि पुन अकल्यान्ड फर्काइ आकस्मिक अवतरण गराइएको समाचार छ । घटना गत शुक्रबारको हो ।

न्यूजिल्याण्डको अकल्यान्डबाट चिलीको स्यान्टिआगो सम्म ११ घण्टाको हवाई दुरी रहेको छ । यात्रुको होहल्लाका कारण विमानको अवतरण गर्नुपरेको बताईएपनि थप जानकारी दिईएको छैन । उक्त यात्री हाल प्रहरीको हिरासतमा रहेका छन् र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply