ताजा खवरहरु:

सरकारी गाडीमै बिहेबारी?

अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा नवविबाहित जोडीको तस्वीर भाइरल बनेको छ । तस्वीरमा नवबिवाहित जोडीले गाडीमा फोटो सेसन गरेका छन् ।

यसरी फोटो सेसन गर्नु कसैको चासोको विषय नभए पनि त्यहाँ प्रयोग भएको गाडीले सवैको ध्यान आकृष्ट गरेको हो । सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बर यो गाडीमामा उनीहरु घुम्न गएका हुनसक्ने तस्वीरले प्रष्ट्याउँछ ।

यो स्कर्पियो गाडी भने मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले प्रयोग गर्दै आएको खुलेको छ भने फोटो सेसन गर्ने जोडी हुन- महेश पण्डित हुन् किरण लामा ।

उनीहरुको केही दिन अघि बिहे भएको हो । सोही विहेको भोजमा पुगेका मेयरको गाडीमा आफूहरुले फोटो मात्र खिचेएको उनीहरुको दाबी छ ।

उनीहरुको दाबी र वास्तविकता जे सुकै भए पनि सरकारी साधानको दुरुपगयो भएको भनेर अहिले सामाजिक सञ्जालमा चर्को विरोधसँगै गाली गर्नेहरु बढी देखिएका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading