राजा फर्काउने कुरा

२८ नोभेम्बर २०१८, मिलन दाहाल– अष्ट्रेलियाको नेपाली समाज यसवेला निकै तातेको छ, एउटा गीतका कारण । एनआरएनए न्यु साउथ वेल्स राज्यसमितिले गत हप्ता गरेको नेपाल फेस्टिवलमा बजेको एउटा गितका कारण सम्पुर्ण संस्था र कार्यक्रमलाइ नै विवादमा पारियो भने गाउने कलाकारलाई समेत गालीगलौच गर्ने वातावरणको सिर्जना भयो । आफ्नै संस्थाको अन्तराष्ट्रिय समन्वय समितिलाई सम्मान दिन नसकेको भन्दै चर्को आलोचना खेपेको राज्य समितिले विवाद आउनासाथ हतपत्त क्षमायाचना गरिएको एक विज्ञाप्ति मार्फत गल्ती स्विकारोक्ति गर्दै भविष्यमा यस्ता कमिकमजोरी हुन नदिने प्रतिवद्दता व्यक्त गर्यो । संस्थाले आगामी दिनमा यस्ता गल्ति कमिकमजोरी हुन दिन्छ दिन्न त्यसलाई भविष्यकै गर्भमा छोडिदिउ । भविष्यले त्यसवारे बताउने नै छ । यहां समिक्षा गर्न खोजिएको बिषय के राजारानीवारेको कुनै सिर्जना नै गलत हो? राजारानी बारे कुरा गर्नु इतिहास फर्काउने षडयन्त्र नै हो? के हामीले ल्याएको भनेको परिवर्तन एक गायकको गीतले नै फर्काइदिन सक्छ? 

कुनै पनि देश र जातिको पहिचान भनेको उसको इतिहास हो । उसको संस्कृति हो । उसको कला हो । उसको भाषा-साहित्य हो । यसरी २४० बर्षको इतिहास बोकेको, हामीलाई टुक्रिएको बाइसी-चौबिसी राज्यबाट विशाल नेपाल उपहारका रुपमा दिने राजसंस्था हाम्रो इतिहास हो । हाल राजा र राजसंस्थाका बिषयमा जेजस्ता भ्रमहरु छरिएका, जसरी मानिसहरुमा गलत प्रचार गरिएका भएपनि बदल्न नसकिने सत्य के हो भने राजसंस्था भनेको विशाल नेपालको जननि हो । गोरखामा दौड प्रतियोगीता जितेर तत्कालिन गोरखा राज्यका राजा भएका द्रव्य शाह नेपाल एकिकरणका शुरुवातकर्ता मानिन्छन । एकिकरणको शुरुवात गर्दै उनले लिगलिगकोट, बार्पाकलगायतका राज्यहरुलाई गोरखाको अधिनमा ल्याए । त्यसपछी पुरेन्द्र शाह, छत्र शाह, राम शाह हुदै नरभुपाल शाहसम्म गोरखाको राजसिंहाशन बसे । नरभुपाल शाहका दोस्री रानी कौसल्यावतिका जेष्ठ शुपुत्रका रुपमा जन्मिएका पृथ्वी नारायण शाहले द्रब्य शाहले शुरुवात गरेको नेपाल एकिकरणको कामलाई पुर्णता दिए । इतिहासलाई जति बङ्ग्याइएपनि, केही जाति र सम्प्रदायमाझ राजा र राजसंस्थाप्रति वित्रिष्णा फैल्याउदै गलत प्रचारवाजीहरु गरिएपनि इतिहास यहि हो । नेपालको इतिहास यहि हो । नेपालीको पहिचान यहि हो ।

आज नेपालको राजसिंहाशनमा बसेका तथाकथित गणतन्त्रपछी उदाएका नवमाहाराजा महारानीहरुले नेपालको विकास नहुनुमा राजसंस्था दोषी रहेको प्रचारवाजी यसअघि गर्ने गरेको भएपनि राजसंस्थाको पतनपछीको एक दशकले सत्य के हो भन्ने कुरालाई घामजस्तै छर्लङ्ग पारिसकेको छ । एउटा राजालाई फालि गाँउ-गाँउमा जनप्रतिनिधिका नाँउमा नवराजाहरु जन्मिएका छन्, जस्ले राज्यकोषको ब्रह्मलुट गर्दै आफ्ना सन्तततिका लागी अकुत सम्पति जोड्दै राज्यलाई खोक्रो बनाइरहेका समाचारहरु हामीले पढिरहेकै छौ । बटो नै नभएको ठाउँमा गाडी किनिनु, जनता भोकमरीले मरिरहेका बेला १८ करोडका गाडी किनिनु आदि यसका केही प्रतिनिधी उदाहरणमात्र हुन ।  राज्यमा बिदेशी हस्तक्षेप इतिहासमा सबैभन्दा बढी छ । इतिहासमा सबैभन्दा बढी छोरीचेलीहरु बलत्कृत भइरहेका छन । राज्य पिडीतलाई न्याय दिनुको साटो पिडकको पक्षपोषण गर्दै संचारलाई पिडितवारे समाचार सम्प्रेक्षण नगर्न दवाव दिइरहेको छ । स्वास्थसेवामा सर्वसाधारणको पहुंच सुनिश्चित गर्न एक साधक दर्जनौ पटक अनशन बस्नुपर्छ । प्रधानमन्त्री राज्यको करोडौं उडाइ बिजुलीको पोलपोल र पत्रिका का मुखपृष्ठमा आफ्ना फोटा टागेर ” अब देख्यौ सरकार?” भन्दै कड्किरहेका छन । त्यसो त गणतन्त्रका प्रथम राष्ट्रपति भनेर भित्तामा टासिएका भित्तेराष्ट्रपतिका कुरापनि हामीले भुलेका छैनौ ।

यस्तो अवस्था के सही थियो र के गलत गरियो भनेर हिजो राजसंस्था फाल्नुपर्छ भनेर युद्दमा होमिन बाध्य बनाइएका सर्वसाधारणहरुले समेत आत्मआलोचना गर्दै गल्ती भित्रभित्रै प्रायश्चित गरिरहेको यस घडिमा एउटा गायकले मात्र मनोरञ्जनका लागी गाएको एक गीतलाई वयक्तिक स्वतन्त्रता ब्यावहारिक रुपमा बलियो रहेको, बेलायतको राजसंस्थालाई आफ्नोसमेत आलङ्कारीक राजसंस्था मान्ने अष्ट्रेलिया यति ठुलो बिषय बनाइनु कत्तिको सान्दर्भिक कुरा हो बुझ्ने हरुले बुझेकै छन् ।

साथसाथै, एउटा गायकको गीतको भरमा परिवर्तन उल्टिन्छ भनेर तर्सिनुले पनि परिवर्तन कति बलियो र समयसान्दर्भिक रह्यो भन्ने कुराको सुक्ष्म विष्लेषण गरिरहेकै छ । फेरी परिवर्तन कसैले रोकेर रोक्न सक्ने कुरापनि होइन । फ्रान्सका निकै शक्तिशाली तानाशाहहरु परिवर्तनको समय आइसकेपछी जिलेटिनमा काटिएर मरेका इतिहासहरु हामीले पढेकै हौं ।

कुनैपनि शासनसत्ता बलियो र कमजोर हुने कुराको निर्धारण गर्ने सोही शासनले देश र जनतालाई दिने समृद्दि र सेवाले मात्र हो । बुझ्नैपर्ने कुरा के छ भने हिजो राजसस्था पनि काहिं कतै नचुकेको भए फालिने थिएन । र आजका शाशकहरुपनि आफ्ना सेवा-सुबिधा र स्वार्थभन्दा माथि उठेर सर्वसाधारणले प्रत्याभुति गर्नसक्ने गरि कानुनी राज्यको अवधारणालाई साकार पार्नतर्फ नलाग्ने र देशलाई समुन्तिको दिशातर्फ बढाउन भित्रैदेखी नलाग्ने हो भने लेखेर राखे हुन्छ कुनैपनि हालतमा जनताको कर र रेमिट्यान्सले लामो समय पानिने छैनन् । (म परिवर्तन विरोधी होइन । कृपया मलाइपनि परिवर्तन विरोधीको पगरी नभिराइयोस)

Advertisements

Leave a Reply