ताजा खवरहरु:

कस्तो छ अष्ट्रेलियामा जमरा रोप्ने र दशैंको टीकाको साइत?

९ अक्टोवर २०१८, अष्ट्रेलिया- नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै प्रवासमा दशैंको योजना बन्नथालेका छन । अष्ट्रेलियामा नेपालबाट अभिभावक आउने क्रमपनि बाक्लिदै छ भने पुराना नेपालीहरुको संख्या बढ्दै जाँदा नेपालीहरुको समुहगत रुपमा दशैं मनाउने क्रमपनि बढ्दै छ । नेपालबाट अभिभावक आएका साथीभाइकोमा जम्मा भएर दशैंको टीका लगाउने तथा अष्ट्रेलियामै रहेका आफुभन्दा मान्यजनबाट पनि टीका लगाउने गरिन्छ । 

भोली घटस्थापना अर्थात दशैंको जमरा राख्ने दिन । नेपालमाझैं अष्ट्रेलियामा समेत पछिल्लो समयमा घटस्थापनाको दिनमा घरघरमा जमरा राख्ने प्रचलन बढ्दो छ । अष्ट्रेलियामै रहेको नेपाली हिन्दु समाजले अष्ट्रेलियाका बिभिन्न राज्यका लागी जमरा राख्ने तथा टीका लगाउने शुभ साइतसमेत सार्वजनिक गरेको छ ।

कस्तो छ त नेपाली हिन्दू समाज अष्ट्रेलियाले सार्वजनिक गरेको साइत?

नेपाली हिन्दू समाज अष्ट्रेलियाले घटस्थापना र टीकाको साईत सार्वजनिक गरेको साइत अनुसार घटस्थापनाको लागि तलका साइतहरु शुभ रहने बताइएको छ ।

 सिड्नी- विहान ६ बजेर २४ मिनेटदेखि १० बजेर ३६ मिनेटसम्म
मेलवर्न‍- विहान ६ बजेर ४७ मिनेटदेखि ११ बजेसम्म
ब्रिसबेन- ५ बजेर २१ मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म
एडिलेड- विहान ६ बजेर ४४ मिनेटदेखि १० बजेर ५६ मिनेटसम्म
क्यानबेरा- विहान ६ बजेर ३२ मिनेटदेखि १० बजर ४४ मिनेटसम्म,
तास्मानिया- ६ बजेर ३३ मिनेटदेखि १० बजेर ४९ मिनेटसम्म,
पर्थ- ५ बजेर ४७ मिनेटदेखि ९ बजेर ५५ मिनेटसम्म
डार्विन- ६ बजेर २७ मिनेटदेखि १० बजेर ३१ मिनेटसम्म

यसैगरी विजया दशमीको टीका १९ अक्टोबरमा रहेको छ । टीकाको लागी देहायका साइत उचित हुनेपनि समाजले बताएको छ ।

सिड्नी- दिउँसो २.४९ बजेदेखि ३.४० बजेसम्मको शुभ रहने
मेलबर्न- दिउँसो ३.१५ बजेदेखि ४.०७ बजेसम्म,
ब्रिसबेन- दिउसो १.३९ बजेदेखि २.३० बजेसम्म,
एडिलेड- बिहान ५.१० बजेदेखि ४.०१ बजेसम्म,
क्यानबेरा- दिँउसो २.५८ बजेदेखि ३.४९ बजेसम्म,
तास्मानिया- दिँउसो ३.०८ बजेदेखि ४.०१ बजेसम्म,
पर्थ- दिँउसो २.१० बजेदेखि ३.०१ बजेसम्म,
डार्विन- दिँउसो २.३४ बजेददेखि ३.२३ बजेसम्म

नेपाली हिन्दु मान्यताअनुसार दशैंमा मान्यवरबाट शुभ साईतमा टीका लगाइ आशिर्वाद लिँदा जीवन प्रगतिउन्मुख हुने विश्वास गरिन्छ । नेपालमा बिजया दशमीको दिनदेखी कोजाग्रत पुर्णिमासम्म टीका लगाउने गरिन्छ । प्रवासमा ब्यस्तताहरुमाझ पनि धुमधामसँग नेपालीहरुले आफ्ना चाडपर्वहरु मनाउने क्रम बढ्दो छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading