तलब नदिइ कामदार राख्ने भारतीय रेष्टुरेन्टलाइ २ लाख डलर जरिवाना
३ अप्रिल २०१८, पर्थ- पैसा नदिइ कामदार राख्ने एक भारतीय रेष्टुरेन्टलाई २ लाख अष्ट्रेलियन डलर जरिवाना गरिएको छ । अष्ट्रेलियाको कर्मचारीमाथीको थिचोमिचो हेर्ने निकाय फेयर वर्क अमड्सम्यानले बताएको छ । पर्थमा स्थित एक भारतीय रेष्टुरेन्टले २४ बर्षिय एकजना भारतीयलाई कुक राखी ४ महिनासम्म विनातलब काम लगाएपछी रेष्टुरेन्ट मालिकलाई अदालत लगिएको हो ।
ब्रिजिङ भिषामा रहेका भारतीय नागरीक गम ट्रि मा बिज्ञापन देखेपछी रेष्टुरेन्टको सम्पर्कमा गएका थिए । शुरुको केही दिनका लागी उनले २०० डलर तलव पाए तर त्यसपछी केही पाएनन् । रेष्टुरेन्टले स्पोन्सर गरि स्थायी बसोबास अनुमति लिने आशमा रहेका ती कामदारले कतै उजुरीसमेत नगरेको बुझिएको छ । एकदिन बिरामी भएर काममा जान नसक्दा जब रेष्टुरेन्ट मालिकले टेक्स्ट म्यासेजमार्फत उनी कामबाट निकालिएको जानकारी गराइपछी उनको रेष्टुरेन्टको स्पोन्सरबाट पिआर पाउने सपना टुट्यो । त्यसपछी मात्र उनी फेयर वर्क अमड्सम्यान गए ।
फेयर वर्क अमड्सम्यान बिना कुनै शुल्क उक्त कुरालाई अदालत लग्यो । अदालतले उनले पाउनुपर्ने सबै तलब र काम गुमेका कारण उनलाई भएको क्षतिको भर्पाई अष्ट्रेलियन डलर ३२ हजार ६६१ समेत रेष्टुरेन्ट मालिकबाट गराएको छ ।
अष्ट्रेलियामा कसैले काम लगाएर तलब नदिएको खण्डमा फेयर वर्क अमड्सम्यान बिना कुनै शुल्क कानुनी लडाइमा सहयोग गर्छ । फेयर वर्क अमड्सम्यानको इन्फोलाइन 13 13 94 मा सम्पर्क गर्न सकिन्छ । १३ १४ ५० मा इन्टरप्रेटरको समेत व्यवस्था रहेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस