ताजा खवरहरु:

सेल्फ सर्भिस चेकआउटबाट चोरी गर्नेलाई दुखको खबर, स्मार्ट सेल्फ चेकआउट आँउदै

७ मार्च २०१८, एडिलेड- करीब एक दशकदेखी अष्ट्रेलियाका कोल्स,केमार्ट, बिग डब्लु, वुलवर्थसलगायतका ठुला ग्रोसरी स्टोरहरुमा आफैले सामानहरु स्क्यान गरि लैजान सकिने सेल्फ सर्भिस चेकआउटको प्रयोग हुन थालेपछी यस्ता सेल्फ सर्भिस चेकआउटको दुरुपयोग गरी चोरी ग्राहकहरुले चोरी गर्दै आइरहेका थिए ।ग्राहकहरुले मंहगा सामानको ठाँउमा सस्ता सामान स्कायन तथा कतिपय अवस्थामा स्क्यान नै नगरी चोरी गर्दै आइरहेका थिए । केही समयअधिमात्र महंगो मासुलाई सस्तो फलफुलका रुपमा स्क्यान गरि चोरी गर्ने एकजनालाई अष्ट्रेलियन डलर ३ लाख २६ हजार जरिवाना गरेको खबर सार्वजनिक भएको थियो । 

यसैगरी क्विन्सल्याण्डमा सस्ता २ मिनेट नुडल्सका बारकोड कपि गरि कोल्स र उलवर्थसबाट अष्ट्रेलियन डलर ४ हजार ५ सय बराबरको चोरी गरेको आरोपमा एकजना महिलालाइ कारबाहि गरिएको घटनासमेत सार्बजनिक भएको थियो ।

तर अव भने यस्ताखालका चोरी गर्ने दिनको अन्त्य भएको छ । यसरी चोरी गर्ने ग्राहकहरुलाफ ठिक पार्न स्मार्ट सेल्फ चेकआउट आउने भएको छ । टिल्टर रेक्नोलोजी नामको एक सस्थाले यस्तो स्मार्ट सेल्फ चेकआउट विकाश गरेको छ । विकाश गरिएको सेल्फ चेकआउटले सामानहरु को बारकोड नभएर सामाननै चिन्न सक्ने क्षमता रहने कम्पनीको दावी छ । कतिसम्म भने यस्तो मेसिनले दुइथरीका स्याउसम्मलाई चिनेर तोकिएको हिसावकिताब गर्न सक्छ ।

अष्ट्रेलियाका खुद्रा पसलहरुबाट हरेक बर्ष ९.३ बिलियन अष्ट्रेलिय डलरका सामानहरु चोरी हुने गरेका छन । अष्ट्रेलियन खुद्रा व्यावसायी संघला अध्यक्ष रसेल जिम्मेरम्यानले यो विकाश चोरी नियन्त्रणमा इश्वरको बरदान हुने प्रतिकृया दिए । उनले चोरी गर्नेहरुलाई सावधान रहन सचेतपनि गराए ।

स्मार्ट चेकआउटले आफैं सामानहरु चिन्ने भएका कारण इमान्दार उपभोक्ता भने लभान्वित हुने कम्पनीले बताएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading