भारतमा ढालियो लेनिनको सालिक
७ मार्च २०१८, भारत- उक्त राज्यमा भएको निर्वाचनमा २५ वर्षे कम्युनिस्ट शासनको अन्त्य गर्दै भाजपाले विजय हात पारेपछि सो घटना भएको हो। बेलोनिया नगरमा पाँच वर्षअगाडि स्थापना गरिएको उक्त सालिकलाई एक्स्काभेटरको सहयोगमा हटाइएको थियो। त्यसो गर्दा भाजपाका समर्थकहरूले हर्षोल्लास गरेका थिए। त्रिपुरामा राज्यमा भाजपा र कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच झडपहरू भएका छन्। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का स्थानीय कार्यकर्ता तपस दत्तले 'द इन्डियन एक्सप्रेस'लाई बताएअनुसार लेनिनको सालिक ढालिएपछि त्यसबाट शिर छुट्याइएको थियो।
“त्यसपछि भाजपा कार्यकर्ताले लेनिनको टाउकोको फुटबल खेले,” दत्तले भने।
‘आक्रोश’
भाजपाका स्थानीय नेता राजु नाथले सो घटनामा उनको दलको संलग्नता नभएको दाबी गरे। उनका अनुसार नगरपालिकाले करदाताको पैसाबाट बनाएको लेनिनको उक्त सालिकप्रति त्यहाँ धेरै वर्षदेखि आक्रोश थियो। “करदाताले किन लेनिनको सालिकलाई पैसा दिनुपर्ने? यी विदेशी लेनिनको हाम्रा जनतासँग के नै सम्बन्ध छ र?” उनले भने।दक्षिण त्रिपुराका प्रहरी प्रमुखका अनुसार एक्स्काभेटर चालकलाई नियन्त्रणमा लिइएको थियो र पछि उनलाई धरौटीमा छोडिएको छ।
“सालिक जहाँ ढालिएको हो, त्यहीँ छ। प्रहरीले त्यहाँबाट हटाएर नगरपालिकलाई राख्न दिने छ,” इप्पर मोन्चाकले भने।त्रिपुराको निर्वाचनमा भाजपाको नेतृत्वमा रहेको गठबन्धन ५९ मध्ये ४३ स्थानमा विजयी भएको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस