ताजा खवरहरु:

सिड्नीमा आयोजकको लापरवाहिले नेपाली समुदायकै बेइज्जत

६ मार्च २०१८, सिड्नी- सिड्नीमा नेपाली कार्यक्रम आयोजकको लापरवाहिले नेपाली समुदायकै बेइज्जत भएको छ । काउन्सिलले पार्कलाई डम्पिङ साइट बनाउने कार्यको सार्वजनिक रुपमै घोर भत्सर्ना गरेका छन् । कुरा सिड्नीको रकडेलमा स्थित बाइसेन्टेनियल पार्कको हो, जहाँ गत हप्ता निमा रुम्बा, नितेश जंज शाही, सबिन बिष्ट र किरण श्रेष्ठको साथमा होली मेला एण्ड फुड फेस्टा मनाइएको थियो । बेसाइडका मेयरले आक्रोसित हुदै पार्कलाई 'डम्पिङ साइट'जस्तो बनाएर छोडिएको प्रतिकृया दिए । 

डम्पिङ साइटजस्तो छोडिएको पार्कलाई आइतवार बिहानभरि हज्जारौंको संख्यामा जम्मा भएका स्थानियबासीले सरसफाइ गरेको लिडर पत्रिकाले लेखेको छ । स्थानिय बासिन्दाले कार्यक्रम आयोजकले अत्याधिक फोहोर गरेको भन्दै काउन्सिलमा कम्प्लेन गरेका थिए भने केहीले फोटो र भिडियो खिचि सामाजिक सञ्जालमा हालेका थिए ।

आयोजकका तर्फबाट भोलिपल्ट केही सफाइका लागी गएको तर सरसफाइ पर्याप्त नभएपछि उनीहरुलाइ काउन्सिलले फाइन गराएको छ ।

पार्कमा जताततै फोहर उडिरहेको देखेका एक स्थानिय बासिन्दाले यस कार्यक्रमको आयोजकलाई भविष्यमा कार्यक्रम आयोजनाको स्विकृति नै दिन नहुने बताए ।

“हाम्रो मुख्य पार्क मध्येको एक पार्कलाई पुरानो डम्पिङसाइटजस्तो छोडिएकोमा मलाई अत्यन्त नराम्रो लागेको छ ।” मेयर बिल साराभिनिस्किले भने ।

“हाम्रा पार्कमा कार्यक्रम गर्ने जो कोही सार्वजनिक सम्पति प्रयोग गर्दा अपनाउनपर्ने हाम्रा मुल्य र मान्यताको सम्मान गरुन भन्ने मेरो अपेक्षा हो । ” उनले थपे ।

स्थानियबासीको प्रतिकृया सामान्य रहेको बताउदै उनले यो कुरालाई काउन्सिलको बोर्डमा लैजाने जनाएका छन । काउन्सिलले तत्काल ठुला खाले कार्यक्रमको कार्यक्रम आयोजनामा लिनेगरेको शुल्क पुनर्विचार गर्ने तयारी गरेको छ ।  उनले वरपरका कान्सिलका आफ्ना सहकर्मी मेयरहरुसँगपनि यसबारे छलफल गर्ने र यस्ता गैरजिम्मेवार आयोजकलाई कसरी अंकुस लगाउने भन्ने योजना बनाउने बताएका छन ।

यसरी नेपाली समुदायबाट कार्यक्रम गर्ने एउटा कार्यक्रम आयोजकका कारणले पुरै न्यु साउथ वेल्स र अन्य राज्यमा पनि नेपालीलाई भविष्यमा कार्यक्रम गर्न स्थल उपलब्ध गराउदा स्थानिय सरकारले कडाइ गर्ने निश्चित छ ।

रकडेको उक्त पार्कमा शनिवार, ३ मार्चमा कमेरो इभेन्ट्सले रकडेल कलर फेस्टिभल कार्यक्रमको आयोजना गरेको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading