ताजा खवरहरु:

साउथ अष्ट्रेलियामा कम अंग्रेजीमै स्थायी बसोवास भिसा

६ मार्च २०१८, एडिलेड- साउथ अष्ट्रेलियामा सरकारले निकै कम अंग्रेजी भाषा चाहिनेगरी नयाँ भिषा लागु गर्ने तयारी गरेको छ । यो भिषामा आइएलटिइसका हरेक ब्याण्डमा ५ मात्र भए पुग्नेछ । अवेदक ४५ बर्षभन्दा कम उमेरको हुनु पर्नेछ र आबेदकले साउथ अष्ट्रेलियामा कुनै किसिमको व्यावसाय शुरु गरेको हुनु पर्नेछ । हालको उद्यमी भिषामा २ लाख डलर पुँजी देखाउनुपर्छ । तयारी गरिदै गरिएको नयाँ भिसामा २ लाख डलरको व्यवस्था नहुने बताइएको छ ।  

लागु हुने भनिएको नयाँ भिषामा अष्ट्रेलियामा व्यावसाय गर्ने रचनात्मक सोच भएका विदेसी उद्यमीहरुले व्यापार योजनासहित आवेदन दिन सक्नेछन । उनीहरुले प्रारम्भिक रुपमा अस्थाइ भिसा पाउछन र उनीहरुका लागी पछी स्थायी बसोवासको बाटो खुल्ने बताइएको छ ।

“यस्तो व्यवस्थाले आवेदनकर्तालाई स्थायी बसोवासको बाटो खुल्ने र साउथ अष्ट्रेलियामा रोजगारी सिर्जना भइ राज्यको आर्थिक विकाशमा योगदान पुग्नेकुरामा हामी विश्वस्त छौं ।” लिवरल पार्टीका साउथ अष्ट्रेलियन नेता स्टेभेन मार्सल भन्छन ।

यसो हुनका लागी लिवरलले चुनाव जित्नैपर्ने हो कि होइन त्यो स्पष्ट पारिएको छैन । यो हाललाइ चुनाबी मुद्दामात्र रहेकाले यसबारे पछी स्पष्ट पारिने लिवरलले जनाएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading